चन्द्रयान–२ को अर्बिटरबाट ल्याण्डर छुट्टियो, अब अवतरणको चरणमा | Khabarhub Khabarhub

चन्द्रयान–२ को अर्बिटरबाट ल्याण्डर छुट्टियो, अब अवतरणको चरणमा


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतले चन्द्र अभियानअन्तर्गत चन्द्रमामा पठाएको चन्द्रयान–२ को अर्बिटरबाट ल्याण्डर ‘विक्रम’ सोमबार सफलतापूर्वक अलग भएको छ । सोमबार सवा एक बजेको समयमा अर्बिटरबाट ल्याण्डर विक्रम अलग भएको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले जनाएको हो ।

आइतबार साँझ चन्द्रयान–२ लाई चन्द्रमाको पाँचौं तथा अन्तिम कक्षमा पठाइएको थियो । अहिले अर्बिटर र ल्याण्डरले यसै कक्षमा परिक्रममा गरिरहेका छन् ।

चन्द्रमादेखि यसको दूरी न्युनतम १ सय १९ किलोमिटर देखि अधिकतम १ सय २७ किलोमिटर रहेको छ ।

आगामी एक वर्षसम्म अर्बिटरले यसै कक्षमा रहेर चन्द्रमाको परिक्रममा गर्ने छ । ल्याण्डर भने अबको दुईसम्म आफ्नो कक्षलाई घटाउँदै चन्द्रमाबाट ३६ किलोमिटरको दूरीमा पुग्ने छ । यसबीचमा सेप्टेम्बर ३ अर्थात मंगलबार ल्याण्डरको एउटा परीक्षण गरिने छ । ल्याण्डरले ठीकसँग काम गरिरहेको छ कि छैन भनेर उक्त परीक्षण गरिन लागेको हो ।

केही परीक्षणसँगै आगामी सेप्टेम्बर ६ वा ७ तारिखको राति पौने २ बजेको समयमा ल्याण्डर चन्द्र सतहमा उत्रन सुरु गर्ने छ । १५ मिनेट लगाएर अवतरण गरेपछि ल्याण्डर चन्द्रमाको दक्षिणी ध्रुवमा उत्रने छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ७ : ३७ बजे

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको

काठमाडौं– जापानकी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

थरीथरीका गुराँसले ढपक्कै तीनजुरे (फोटो फिचर)

तीनजुरे– पूर्वी नेपालको तेह्रथुमस्थित लालीगुराँस नगरपालिका गुराँस पर्यापर्यटनको प्रवेशद्वार हो

ललितपुरमा आगलागी, एकै परिवारका पाँचजना जलेर घाइते

काठमाडौं- ललितपुरमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका

नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील

सार्वजनिक शौचालय प्रयोग गर्दा नगर्नुहोस् यस्ता गल्ती

काठमाडौं– विशेष गरी सहरी भेगमा सार्वजनिक शौचालयको प्रयोग बढी हुने