कस्तो रह्यो कलाकारको तीज (फोटो फिचर) | Khabarhub Khabarhub

कस्तो रह्यो कलाकारको तीज (फोटो फिचर)


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दू नेपाली नारीहरुको महान चाड तीजको रौनक सोमबार पशुपतिनाथमा देखियो । राजधानीस्थित पशुपतिनाथ मन्दिरमा व्रतालुहरुको भीड लागेको थियो । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा दर्शनार्थी र ब्रतालु महिलाहरु विहानैबाट पुगेका थिए ।

तीनै भीडमा नेपाली कलाकारहरु पनि तीज मनाइरहेका थिए । उनीहरुले पनि भव्यरुपमा तीज मनाएका छन् । शूटिङका कारण तीज मनाउन नपाएका कलाकारले पनि सामाजिक सञ्जालमा आफू सजिएका तस्वीर अपलोड गर्दै तीजको शुभकामना व्यक्त गरेका छन् ।

तीजमा नायिका केकी अधिकारी भने चितवन पुगेकी थिइन् । उनी त्यहाँ चलचित्र ‘छ माया छपक्कै’ को प्रचारका लागि फिल्म युनिटसँग पुगेकी थिइन् । यस्तै दीपाश्री निरौला आफ्नो जन्मस्थान विराटनगर पुगेकी छिन् ।

अनु शाह

उनले आफ्ना परिवारका साथ विभिन्न मन्दिर गएर तीज मनाइन् । ‘विरलै घर आउन पाइन्छ, रमाइलो भएको छ, आजको दिन एकदमै रमाइलो भयो,’ दीपाश्रीले खबरहबसँग भनिन् ।

यता नायिका वर्षा शिवाकोटीले भने आफू चलचित्र ‘लक्का जवान’ को छायांकनमा व्यस्त भएकाले तीज मनाउन नपाएको बताइन् । यद्यपि उनले सामाजिक सञ्जालमार्फत खुशी साटेकी छिन् ।

आँचल शर्मा ।

अन्य चर्चित नायिकाहरुले पनि सामाजिक सञ्जालमा आफ्नो तीजको रौनकलाई शेयर गरेका छन् । हेरौँ तस्वीरहरु:

अनु शाह ।
वर्षा राउत ।
वर्षा राउत ।
दीपिका प्रसाईं
केकी अधिकारी ।
कुञ्जना घिमिरे परिवारका साथ ।
नीता ढुङ्गाना ।
पूजा शर्मा ।
प्रियंका कार्की ।
सञ्चिता लुइँटेल ।

 तस्वीरहरू: सामाजिक सञ्जाल

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ७ : ३० बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी