मिस नेपाल अनुष्कालाई अमेरिकामा सम्मान | Khabarhub Khabarhub

मिस नेपाल अनुष्कालाई अमेरिकामा सम्मान


१७ श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘मिस नेपाल वर्ल्ड २०१९’ अनुष्का श्रेष्ठलाई अमेरिकामा सम्मान गरिएको छ । उनलाई बिहीबार क्यालिफोर्नियामा रहेको हिमालयन फाउण्डेसन क्रपले सम्मान तथा सहयोग रकम हस्तान्तरण गरेको हो ।

अमेरिका भ्रमणमा रहेकी अनुष्कालाई फाउण्डेसनले सम्मान गर्नुका साथै ३८ सय डलर सहयोग समेत हस्तान्तरण गरेको छ ।

यतिबेला चेलीबेटी बेचबिखनको समस्या पार्न सिन्धुपाल्चोकको स्वरासिंह गाउँमा विकास निर्माणको कार्यमा जुटेकी अनुष्कालाई बे–एरियामा रहेका नेपालीबीच आयोजना गरिएको एक अन्तर्क्रियामा उठेको रकम सहयोग गरिएको फाउण्डेसनले जनाएको छ ।

अनुष्काले देखाएको समाजसेवी भावनाको कदर गर्दै सम्मान गरिएको फाउन्डेशनका संस्थापक यज्ञलाल श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा अनुष्काले आफू स्वरासिंह गाउँमा रहेको बेरोजगारी समस्या हटाउन र त्यहाँका बालबालिकालाई पढ्ने वातावरण जुटाउन आफू लागिपरेको धारणा राखिन् । मिस नेपाल भएपछि अनुष्का सामाजिक कार्यमा सक्रिय रहेकी छिन् ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार  ५ : ४१ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र