ई-चुरोट सेवन गर्दै हुनुहुन्छ ? भ्रममा नपर्नुहोस् ! अध्ययनले यस्तो देखायो | Khabarhub Khabarhub

ई-चुरोट सेवन गर्दै हुनुहुन्छ ? भ्रममा नपर्नुहोस् ! अध्ययनले यस्तो देखायो


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- परम्परागत धूमपान सेवनले स्वास्थ्यमा असर पर्ने भन्दै विकल्पको रुपमा ई-चुरोट (विद्युतीय चुरोट) को प्रयोग हुँदै आएको थियो । तर वैज्ञानिक अनुसन्धानले ई-चुरोट सेवनले पनि स्वास्थ्यमा जोखिम निम्त्याउने देखाएको छ । ई-चुरोटले खासगरी मस्तिष्कको स्नायू प्रणाली र तन्तुमा ठूलो क्षति पुग्ने देखाएको छ ।

आई-साइन्स जर्नलमा प्रकाशित अध्ययनमा बयस्क मुसामा गरिएको परीक्षणमा यस्तो नतिजा देखिएको उल्लेख छ । मस्तिष्कका तन्तुमा विद्युतीय तरल पदार्थ, एरोसोल वा निकोटिन मिसिए त्यसले मस्तिष्कको समग्र तन्तु र कोषिकामा नकारात्मक असर गर्दछ ।

सुरुवाती दिनहरुमा सुरक्षित ठानिएको ई-चुरोटहरु जस्तै भ्यूज र जूल पनि निकै हानिकारक हुने गरेको अध्ययनले देखाएको छ । यी चुरोटहरु नियमित सेवन गरेमा मानिस कुलतमा फस्ने र त्यसबाट मस्तिष्कका कोषिकाहरु मर्ने वा रोगी हुने अध्ययनमा भनिएको छ ।

अध्ययनकी लेखिका अटेना जाहेदीले निकोटिन भएका कुनै पनि वस्तुको सेवन मानव स्वास्थ्यका लागि हानिकारक देखिएको पनि बताईन् । उनले ई-चुरोटको धुँवा मस्तिष्कसम्म पुग्ने गरेकाले पनि यो निकै खतरनाक देखिएको बताईन् ।

मस्तिष्क विकासका क्रममा गम्भीर मोडमा रहने भएकाले युवा र गर्भवतीले यसमा अझ बढी ध्यान दिनुपर्नेमा उनले जोड दिइन् ।

उनले युवा, किशोरावस्था वा गर्भवती हुँदा मस्तिष्कमा ई-चुरोटले बहुआयामिक असर पार्ने गरेको अध्ययनबाट देखिएको बताईन् । यस्तो उमेरमा ई-चुरोट सेवनले स्मरणशक्ति, सिकाई र बोधमा ठूलो क्षति पुग्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  २ : २९ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने