सुन्दरतामा निखार ल्याउन कस्मेटिक सर्जरी, नेपालमै छ सर्वसुलभ सुविधा | Khabarhub Khabarhub

सुन्दरतामा निखार ल्याउन कस्मेटिक सर्जरी, नेपालमै छ सर्वसुलभ सुविधा


१७ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कस्मेटिक सर्जरी प्लास्टिक सर्जरीकै एउटा विधि हो । कस्मेटिक सर्जरीलाई सुन्दरता निखार्ने प्रक्रियाका रुपमा पनि लिने गरिन्छ ।

विशेषगरी अनुहारमा नमिलेको भाग र चाउरी परेको छालालाई तन्काउनेदेखि लिएर सुन्दर अनुहार तथा शरीरका लागि कस्मेटिक सर्जरी गर्न सकिन्छ ।

शरीरको बाहिरी अंगमा कुनै कमी महसुस भएमा कस्मेटिक सर्जरी गरेर परिपूर्ति गर्ने गरिन्छ । कस्मेटिक सर्जरीबारे सही जानकारी पाउन नसक्दा यो सेवा लिन चाहने धेरै मानिस सेवाबाट वञ्चित हुँदै आएका छन् । सकेसम्म प्लास्टिक तथा कस्मेटिक सर्जनसँग सल्लाह लिएर मात्र सर्जरी गर्नु उपयुक्त हुन्छ । कस्मेटिक सर्जरी सेवा नेपालमै सर्वसुलभ तरिकाले गरिँदै आएको छ ।

त्रिवि शिक्षण अस्पतालका छालारोग विशेषज्ञ प्रा.डा. अनिलकुमार दासका अनुसार कस्मेटिक सर्जरीको मुख्य उद्देश्य सुन्दर देखिनु हो । बाहिरी रुपमा सुन्दर देखिन शरीरका विभिन्न अंगको प्लास्टिक सर्जरी गरिन्छ ।

विशेषगरी आँखा, नाक, छाला, नमिलेको गाला तथा निधारजस्ता अंग मिलाएर सुन्तरतामा निखार ल्याउन कस्मेटिक सर्जरी गर्नेको संख्या बढ्दो छ । फिटनेसमा ध्यान दिने महिलाले ठूलो वा झोल्लिएको ब्रेस्टलाई सानो र आकर्षक बनाउन सर्जरी गर्छन् ।

गर्भावस्थामा पेट र तीघ्रामा आउने स्ट्रेचिङ धेरै भएमा हटाउन सर्जरी गर्न सकिन्छ । त्यसैगरी मोटोपन घटाउन, पुरुषको ठूलो छाती सामान्य अवस्थामा ल्याउन तथा आगो वा अन्य चोटपटकबाट बनेको घाउ मेटाउन समेत सर्जरी गर्न सकिन्छ ।

किन गरिन्छ सर्जरी ?
– साना आँखालाई अलिक ठूलो र आकर्षक देखाउन ।
– ठूलो वा नमिलेको नाकलाई सुन्दर देखाउन । जसलाई राइनो सर्जरी भनिन्छ ।
– आँखा, नाक, छाला, नमिलेको गाला, निधार आदि मिलाएर सुन्दरतामा निखार ल्याउन।
– महिलाको ठूलो वा झोल्लिएको छातीलाई सानो वा आकर्षक बनाउन ।
– गर्भावस्थामा महिलाको तिघ्रा तथा पेटमा आउने ‘स्ट्रेचिङ’ अर्थात् सेतो धर्सा केही हदसम्म भए पनि मेटाउन ।
– मोटो पेटलाई घटाउन ।
– पुरुषको सानै उमेरमा छाती ठूलो छ भने त्यसलाई सामान्य अवस्थामा ल्याउन ।
– आगोले पोलेको दाग हटाउन ।
– जोडिएका औंलाहरु छुटाउन ।
– बांगो कान सामान्य जस्तै बनाउन ।
– ‘सिलिकन ब्रेस्ट इम्प्लान्ट’ गरी सानो स्तनलाई ठूलो बनाउन ।
– काटिएको ओठ बनाउन, ओठ सानो वा ठूलो बनाउन । ९यो इन्जेक्सनबाट पनि गराउन मिल्छ० ।
– आँखाको तलपट्टि जमेको बोसो हटाउन ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ७ : १० बजे

साइबर अपराधसम्बन्धी उजुरी बढे

बाँके – सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना बढेको छ

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौं – सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको

डढेलो लगाउनेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी

लसुन खेतीबाट राम्रो आम्दानी लिँदै किसान 

दोलखा– जिल्लाका किसानहरू लसुन लगायतका नगदे खेतीबाट राम्रो आम्दानी लिन

काठमाडौंमा करेन्ट लागेर युवतीको मृत्यु

काठमाडौं– काठमाडौंको शंखरापुर नगरपालिका-६ करेन्ट लागेर एक युवतीको ज्यान गएको