नगरपालिकाको निर्णय–कर्मचारीलाई भानुभक्तको बिर्खे टोपी अनिवार्य | Khabarhub Khabarhub

नगरपालिकाको निर्णय–कर्मचारीलाई भानुभक्तको बिर्खे टोपी अनिवार्य


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको भानु नगरपालिकाले कार्यालय समयमा निर्धारित पोशाकमा नआउने कर्मचारीलाई हाजिर गर्न रोक लगाएको छ ।

कर्मचारीको एकरुपता, अनुशासन, जिम्मेवारी र बफादारी बनाउन पोशाकमा कडाइ गरिएको नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले जानकारी दिए । हाजिर गर्न नपाएको दिनको तलब नै कट्टा गरिने व्यवस्था गरिएको उनले बताए । कार्यालयमा बिहान १० बजेभित्र आउने गरी विद्युतीय हाजिरको व्यवस्था समेत गरिएको उनले बताए ।

नगरपालिका मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीका लागि अभियानको रुपमा लैजाने योजना भए पनि शुरुमा नगरपालिकाका कर्मचारीमा यो नियम लागू गरिएको वरिष्ठ अधिकृत पाण्डेले बताए ।

उक्त नगरपालिकाले आगामी असार १ गतेदेखि लागू हुने गरी कर्मचारीले भानुको बिर्खे टोपी लगाएर कार्यालयमा आउने व्यवस्था मिलाएको छ । नेपाली भाषा साहित्यका धरोहर भानुभक्त आचार्यको नाउँबाटै भानु नगरपालिका राखिएकाले भानुको बिर्खे टोपीलाई प्राथामिकतामा राखिएको हो । उक्त कार्यालयमा करीब एक सयको हाराहारीमा कर्मचारी कार्यरत छन् ।

कार्यालयले नियममा कडाइ गरिएपछि कर्मचारी सचेत हुन थालेको नगर प्रमुख उदयराज गौलीले बताए ।

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ३ : ४७ बजे

दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम

काठमाडौं– ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी

बागमतीमा एकै दिन तीन जनाको शव फेला

हेटौंडा– बागमतीमा शनिबार एकै दिन तीन जनाको शव फेला परेको

टुँडिखेलमा महानगरपालिकाको सीप मेला (फोटो फिचर)

काठमाडौं– काठमाडौँ महानगरपालिकाले काठमाडौँको टुँडिखेलमा सिप मेला सञ्चालन गरिरहेको छ

नेपालगञ्ज नाकाबाट नौ महिनामा ७० करोड बढीको जडिबुटी निकासी

खजुरा– जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जना पक्राउ

काठमाडौं– पर्साको वीरगंज महानगरपालिका-२१ हनुमान चोकबाट अवैध लागूऔषध गाँजा करिब