विश्वभर ११ करोड ३० लाख व्यक्ति ‘भोकमरी’को चपेटामा : राष्ट्रसंघ | Khabarhub Khabarhub

विश्वभर ११ करोड ३० लाख व्यक्ति ‘भोकमरी’को चपेटामा : राष्ट्रसंघ


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- सन् २०१८ मा विश्वका विभिन्न ५३ मुलुकमा ११ करोड ३० लाख जनताले ‘अत्यधिक भोकमरी’ को समस्याबाट पीडित बनेका संयुक्त राष्ट्रसंघले मङ्गलबार जानकारी गराएको छ ।

युद्ध र जलवायु समस्याका कारण निम्तिएका विपत्तिका कारण अफ्रिका र विश्वका अन्य मुलुकहरूमा खाद्यान्न अभाव हुँदा भोकमरीको समस्या भएको हो ।

द्वन्द्वग्रस्त मुलुकहरू यमन, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, अफगानिस्तान र सिरियालगायतका विश्वका आठ मुलुकमा सम्पूर्ण जनसङ्ख्याको दुई तिहाइ जनतामा भोकमरीको खतरा रहेको राष्ट्रसंघ खाद्यान्न तथा कृषि संगठनले सन् २०१९ का लागि तयार पारेको विश्वव्यापी खाद्यान्न संकट प्रतिवेदनमा उल्लेख छ ।

तीन कर्ष पहिलेदेखि शुरू गरिएको यो बार्षिक अध्ययनले विश्वका धेरै मुलुकहरू खाद्यान्न संकटको समस्याबाट अघि बढेको देखिएको जनाएको हो ।

अफ्रिकी मुलुकहरूमा अन्य मुलुकको अनुपातमा बढी खाद्यान्न संकट रहेको छ । अफ्रिका महादेशका करिब सात करोड २० लाख जनता अति भोकमरीको समस्याबाट गुज्रिएको एफएओका आपतकालिन मामिला हेर्ने निर्देशक डोमिनिक बोर्जियनले एएफपीसँग भनेका छन् ।

द्वन्द्व र असुरक्षा भोकमरी सिर्जना हुनुको प्रमुख कारक रहेपनि आर्थिक कमजोरी, खडेरी तथा बाढीजस्ता जलवायुजन्य संकटका कारण पनि यो समस्या विकराल बनेको प्रतिवेदनमा उल्लेख छ ।

भोकमरीको खतरामा रहेका मुलुकहरूमध्ये झण्डै ८० प्रतिशत जनसङ्ख्या कृषिमा निर्भर रहेको बोर्जियनले बताउनुभयो । उनीहरूलाई खाद्यान्नका लागि आपतकालिनरूपमा मानवीय सहयोग र कृषि उत्पादन बढाउने उपायको विकल्प नरहेको उनको भनाइ छ ।

पछिल्लो समय भेनेजुयलामा देखिएको राजनीतिक संकटका कारण यहाँका जनतामा पनि खाद्यान्न अभावको समस्या विकराल देखिएको उनले बताए ।

प्रतिवेदनले ठूलो सङ्ख्यामा शरणार्थीको भार बोक्न बाध्य इराक, सिरिया, बङ्गलादेशमा रहेका व्यक्तिले पनि अत्यधिक खाद्यान्न अभावको झमेला व्यहोर्नुपरेको बताइएको छ ।

यद्यपि सन् २०१७ को तुलनामा यो समस्याबाट पीडित विश्वको जनसङख्यामा भने कमी आएको प्रतिवेदनमा उल्लेख गरिएको छ । सन् २०१७ मा १२ करोड ४० लाखको हाराहारी विश्वको जनसङ्ख्याले अति भोकमरीको समस्या व्यहोरेको थियो ।

सन् २०१८ मा मौसमी अनुकुलता तथा सिरिया लगायतका द्वन्द्वग्रस्त मुलुकमा अघिल्ला बर्षको तुलनामा शान्तिपूर्ण अवस्था आएकोले यो समस्यामा गत बर्ष केही कमी आएपनि यसलाई स्थिर परिणामका रूपमा हेर्न नमिल्ने एफएओले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ९ : ३२ बजे

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०

दक्षिणी ब्राजिलमा भारी वर्षा, मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

काठमाडौं– ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका

आईसीसी टी–२० विश्वकप खेल्न जान लागेको नेपाली टिमलाई राष्ट्रपतिको शुभकामना 

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भाग

तुम्लिङटार विमानस्थलमा उडान ठप्प

किमाथांका– सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ

रामेछापबाट काठमाडौँ आउँदै गरेको माइक्रो दुर्घटना, ६ जना घाइते 

काठमाडौं– रामेछापबाट काठमाडौँ आउँदै गरेको विद्युतीय माइक्रो दुर्घटनामा परेको छ