आगामी बजेटमा उद्योग व्यवसाय क्षेत्र विशेष प्राथमिकतामा : मन्त्री खतिवडा | Khabarhub Khabarhub

आगामी बजेटमा उद्योग व्यवसाय क्षेत्र विशेष प्राथमिकतामा : मन्त्री खतिवडा


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– अर्थमन्त्री डा.युवराज खतिवडाले आउँदो आर्थिक बर्ष २०७६/७७ को बजेटमा उद्योग  व्यवसाय क्षेत्र विशेष प्राथमिकतामा रहने बताएका छन् । उनले बजेटमा उद्योग व्यवसाय र व्यवसायीहरुको हितका लागि विभिन्न प्राबधानहरु समेटिने बताएका हुन् ।

अर्थ मन्त्रालय राजस्व समितीद्वारा भैरहवामा आयोजित प्रदेश पाँचका उद्योगी व्यवसायीसँग छलफल गर्दै अर्थमन्त्री खतिवडाले आगामी बजेट उद्योग, व्यवसाय र लगानीमैत्री हुने दाबी गरे ।

उद्योग व्यवसाय क्षेत्रको विकासविना आर्थिक समृद्धि सम्भव नहुने प्रष्ट पार्दै अर्थमन्त्री खतिवडाले कार्यक्रममा सहभागी उद्योगी व्यवसायीलाई उद्योग व्यवसाय ऐनमा समेत आमूल परिवर्तन गरिने आश्वासन दिए ।

आउँदो आर्थिक वर्षका लागी बजेट सम्बन्धी छलफल कार्यक्रममा अर्थमन्त्री खतिवडाले भन्सार र आन्तरिक राजस्वमा करको दरहरु घटाउदै लैजानु प्रत्युत्पादक हुने भन्दै करको दर घट्न नहुने तर्क गरे ।  उनले भ्याटमा बहुदर पनि आवश्यक नहुने टिप्पणी गरे ।

मन्त्री खतिवडाले  बुद्ध जन्मस्थल, निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यसै प्रदेशमा रहकोले सम्वृद्धिको संवाहक पनि प्रदेश ५ रहेको उल्लेख गरे ।

पूर्व बजेट छलफल कार्यक्रममा प्रदेश ५ का उद्योग बाणिज्य संघका प्रतिनिधि तथा उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ७ : १३ बजे

इलाम-२ उपनिर्वाचनको मतगणना गणना सुरु

इलाम– इलाम– २ मा हिजो भएको उपनिर्वाचनको मतगणना सुरु भएको

राष्ट्रपतिले जारी गरे लगानी सहजीकरणसम्बन्धी अध्यादेश

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई

चन्द्र ढकालले भने : नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र अवसर छ

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका

आज सुनचाँदीको मुल्य कति ?

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य हो : अर्थमन्त्री पुन

काठमाडौं : अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक