बार चुनाव : मत गणना जारी, लोकतान्त्रिक समूहका पोखरेलले लिए अग्रता | Khabarhub Khabarhub

बार चुनाव : मत गणना जारी, लोकतान्त्रिक समूहका पोखरेलले लिए अग्रता


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कानून व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक समूहका तर्फबाट अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेलले अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार लोकतान्त्रिक समूहका पोखरेलले अग्रता लएका हुन् । यस अघिसम्म प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले अग्रता लिइरहेका थिए ।

पछिल्लो मत परिणाम अनुसार पोखरेलले ९८३ मत प्राप्त गरेका छन् भने श्रेष्ठले पछ्याइरहेका छन् । श्रेष्ठको पक्षमा ९ सय २४ मत प्राप्त भएको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिए ।

कसले कति मत पाए ?

सोमबार साँझ ५ बजेदेखि मतगणना शुरु भएको हो ।  पच्चिसौँ केन्द्रीय कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो ।

बारमा नयाँ नेतृत्वका लागि तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक÷एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

निर्वाचनमा देशभर बारका १० हजार ३१३ मतदातामध्ये आठ हजार ३२९ मतदाताले मतदान गरेका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ६ : २२ बजे

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

रास्वपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गरिने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको

हाडजोर्नी र नसाको उपचारमा प्रभावकारी बन्दै अकुपञ्चर पद्धति

व्यस्त जीवनशैली र खानपानले नेपालमा नसर्ने रोग दिनप्रतिदिन बढ्दोक्रममा छन्।

चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं – संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति