इजरायली सैनिक कारबाहीमा एक प्यालेस्टिनीको मृत्यु | Khabarhub Khabarhub

इजरायली सैनिक कारबाहीमा एक प्यालेस्टिनीको मृत्यु


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


रमाल्लाह– जेरुसेलमनजिकै इजरायली सेना र प्यालेस्टिनीबीच  भएको झडपमा १ प्यालेस्टिनी युवाको मृत्यु भएको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय र स्थानीय बासिन्दाले झडपमा परी २३ वर्षीय मोहमद एद्वानको मृत्यु हुनुका साथै अन्य ३ जना घाइते भएको बताएका छन् ।

स्थानीय बासिन्दाका अनुसार कालानदिया क्षेत्रमा मङ्गलबार बिहान सबेरै इजरायली सेनाले केही युवालाई पक्राउ गरेपछि ढुङ्गामुढा भएको थियो ।

इजरायली सेनाले भने कुफर आकाब क्षेत्रमा सुरक्षा कारबाहीको क्रममा दङ्गा भड्किएको एवं सेनामाथि ढुङ्गा र विस्फोटक पदार्थ फाल्न थालेपछि गोली चलाउनु परेको जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १ : ४८ बजे

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश