मलेसियाले ६ लाख बंगाली कामदार ‘डिपोट’ गर्दै, नेपालबाट तीन महिनामा १ लाख श्रमिक लिने संकेत | Khabarhub Khabarhub

मलेसियाले ६ लाख बंगाली कामदार ‘डिपोट’ गर्दै, नेपालबाट तीन महिनामा १ लाख श्रमिक लिने संकेत


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसिया सरकारले अवैध ढंगले बसी रोजगारदाता कम्पनीमा शरण लिएर रोजगारी गरिरहेका ६ लाख बङ्गलादेशी कामदार स्वदेश फिर्ता पठाउने भएको छ ।

मलेसियामा करिब १० लाख बंगाली श्रमिक रहेकोमा ४ लाख मात्र वैधानिक ढंगले काम गरिरहेको मलेसिया संसदका सस्दय इस्राफिल अलामले बताएको मलेसियाली अनलाइन द स्टारले समाचारमा उल्लेख गरेको छ ।

मलेसिया सरकारले रोजगारीमा मलेसिया आउने विदेशी कामदारका लागि आवश्यक कानून बनाइसकेको भन्दै सदस्य अलामले अवैध रुपमा बसेर काम गरिरहेका विदेशी कामदारलाई स्वदेश फर्काइने बताए । मलेसिया सरकारले अवैध रुपमा बसेर काम गरिरहेका विदेशी कामदार पटक–पटक धरपकड गरेर पक्राउ गदै स्वदेश पठाउँदै आएको छ ।

मलेसियाले ठूलो संख्यामा बंगाली कामदार स्वदेश फिर्ता गर्ने उद्घोष गरेसँगै नेपाली श्रमिकको माग बढाउने संकेत गरेको छ । मलेसियास्थीत नेपाली राजदूतावासका एक कर्मचारीका अनुसार मलेसियाले नेपालबाट आगामी तीन महिनाभित्र ८० हजारदेखि १ लाखसम्म रोजगारीका लागि कामदार लैजाने आश्वासन दिएको छ ।

नेपाली श्रमिकको माग मलेसियाको श्रम बजारमा उच्च रहेको बताउँदै ती कर्मचारीले भने, ‘विगत १० महिनादेखि बन्द मलेसिया रोजगारी खुलाएपछि ३ महिनामा ठूलो संख्यामा नेपाली श्रमिक आपूर्ति गर्ने मलेसियाको सम्बन्धित निकायले आश्वासन दिएको छ । ‘मलेसिया नेपाली कामदारलाई प्रथामिकतामा राखेर लिँदै छ । नेपाली श्रमिकका लागि बाटो खुुलाउने मलेसियाका रोजगारदाता कम्पनीले यहाँ सरकारसँग माग गरिरहेका छन् ।’

गत हप्ता मलेसिया सरकारले रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गराउन मेडिकलले मुख्य ३ वटा मापदण्ड पुरा गर्नुपर्ने नयाँ मापदण्ड नेपाल पठाएको थियो । मापदण्डमा मेडिकलले अनिवार्य रुपमा शारीरिक, ल्याव र एक्सरेको परीक्षण गर्नुपर्ने गरि मापदण्ड पठाएको छ । १० महिनादेखि रोकिएको मलेसियाको रोजगारी सोमबारदेखि खुलेको छ । कलिङ भिसा लागेका कामदारका हकमा सोमबारदेखि अन्तिम श्रम स्वीकृति सुरु गरिएको छ । नेपालबाट रोजगारीका खोजीमा मलेसिया संस्थागत श्रम स्वीकृति लिएर मासिक १० हजारसम्म जाने गरेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । मलेसिया नेपाली कामदारको प्रमुख गन्तव्य देश भित्र पर्छ । मलेसियामा करिब ५ लाख कामदार कार्यरत रहेको सरकारी अनुमान छ ।

४ महिनादेखि बन्द विदेशी कामदार लिने बाटो खुल्यो 

मलेसिया सरकारले विगत ४ महिनादेखि विदेशी कामदार आपूर्तिमा रोक लगाएको थियो । मलेसियाको अध्यागमन, कानुन, गृह र मानव संशाधन मन्त्रालयले विदेशी श्रमिक रोजगारीमा लिदाँ आवश्यक पर्ने कानूनी र ऐन निर्माण भइसकेपछि विदेशी कामदार रोजगारीमा लिन बाटो खुला गरेको हो ।

मलेसियाका रोजगारदाता कम्पनीलाई त्यहाँ सरकारले विदेशी कामदारका लागि कोटा छुट्टाएर माग गर्ने अपिल पनि गरेको छ । मलेसिया सरकारले अप्रिलको दोस्रो हप्तादेखि विदशी कामदार लिन शुरु गर्ने गरि स्रोत देशमा पत्राचार गरिसकेको छ ।

मलेसियाले स्रोत देशसँग अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा शुल्क दिने र सुरक्षा दिने प्रतिवद्धता जनाउदै सरकारीस्तरमा श्रम सम्झौता गरेको छ । नेपाल, श्रीलंका र बंगलादेशलगायत ९ वटा देशसँग श्रम सम्झौतामा हस्ताक्षर गरिसकेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ८ : २९ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल