शुरु भयो सलमानको प्रतीक्षित फिल्म ‘दबंग ३’ को छायांकन | Khabarhub Khabarhub

शुरु भयो सलमानको प्रतीक्षित फिल्म ‘दबंग ३’ को छायांकन


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सलमान खानको बहुप्रतीक्षित फिल्म ‘दबंग ३’ को शूटिङ शुरु भएको छ । सोमबारदेखि यो फिल्मको छायांकन शुरु भएको हो ।

शूटिङ लोकेशनबाट फिल्मको पहिलो तस्वीर सार्वजनिक गरिएको थियो । उक्त फोटोमा सलमान खानलाई दबंगका रुपमा देखाइएको छ

सलमानले स्वयम् तस्वीरलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे । उक्त तस्वीरमा सलमान खानले कमिजमा चश्मा लगाएका छन् । दबंगका हरेक सिरिजमा सलमानले यसरी नै चश्मा लगाएको देख्न सकिन्छ ।

यो फिल्मलाई डिसेम्बरमा रिलिज गरिनेछ । प्रभुदेवाले निर्देशन गरिरहेको यो फिल्ममा अरबाज खान निर्माता छन् ।

करीब दश वर्षपछि सलमान र प्रभुदेवाले एकसा काम गर्न लागेका छन् । सन् २००९ मा प्रभु र सलमानले फिल्म ‘वान्टेड’ का एकसाथ काम गरेका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १ : १७ बजे

कोशीमा बजेट अधिवेशन आह्वानका लागि दोस्रो पटक सिफारिस

विराटनगर- आगामी जेठ ११ गते कोशी प्रदेशको बजेट अधिवेशन आह्वान

सम्भावित रणनीति तय गर्न देउवाले पार्टी पदाधिकारीलाई बूढानीलकण्ठ बोलाए

जनता समाजवादी पार्टी विभाजनपछिको राजनीतिक अवस्था र शुक्रबारदेखि सुरु हुने

धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्ध

काठमाडौं– भारतको एयर इन्डिया एक्सप्रेसका धेरै कर्मचारीले एकै पटक बिदा

मातातीर्थ औँसी देशभर मनाइयो (तस्बिरहरु)

काठमाडौं– मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति

कोशीमा नयाँ सरकार गठनका लागि एमाले र माओवादीले बढाए दबाब

विराटनगर – काेशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गर्न