हावाहुरी प्रभावित क्षेत्रको अवलोकनका लागि हेलिकोप्टरमा गए देउवा | Khabarhub Khabarhub

हावाहुरी प्रभावित क्षेत्रको अवलोकनका लागि हेलिकोप्टरमा गए देउवा


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलबस्तु– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हावाहुरी प्रभावित क्षेत्रको अवलोकनका लागि गएका छन् ।

सोमबार कपिलबस्तुमा आयोजना गरिएका कार्यक्रममा सहभागी भएर देउवा लुम्बिनीमा वास बसेका थिए ।

त्यहीबाट देउवा मंगलबार(आज) बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्र अवलोकनका लागि लुम्बिनीबाट हेलिकप्टरमार्फत गएका थिए ।

प्रभावित क्षेत्रको अवलोकन पछि देउवाले विरगञ्जको नारायणी अञ्चल अस्पतालमा पुगेर घाइतेहरुको अवस्थाबारे जानकारी लिएका थिए ।

घाइते र उपचारबारे जानकारी लिएसँगै सभापति देउवाले घाइतेको उपचारमा अझै चुस्तता आवश्यक भएको बताए । उनले सरकारले केही चिकित्सक र स्वास्थ्यकमीहरु केन्द्रबाट पठाउनुपर्ने देखिएको बताए ।

घाइतेको उपचारका लागि आवश्यक स्वास्थ्यकर्मीहरुको प्रवन्ध गर्न उनले सरकारसँग आग्रह गरे ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १२ : ३६ बजे

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार