लुम्बिनी गुरुयोजना पूरा गर्न सरकारको स्रोतले पुग्दैनः अर्थमन्त्री | Khabarhub Khabarhub

लुम्बिनी गुरुयोजना पूरा गर्न सरकारको स्रोतले पुग्दैनः अर्थमन्त्री


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – अर्थमन्त्री डा युवराज खतिवडाले लुम्बिनी गुरुयोजना पूरा गर्न सरकारको साधन स्रोतबाट मात्र सम्भव नहुने बताएका छन् । उनले त्यसका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन लुम्बिनी विकास कोष र सरकारको तर्फबाट पहल गरिने बताए ।

मन्त्री डा खतिवडाले तीन वर्षभित्र गुरुयोजना पूरा गर्ने लुम्बिनी विकास कोषको लक्ष्यलाई सरकारले सहयोग गर्ने बताए । यद्यपि गुरुयोजना पूरा गर्ने सबै खर्च सरकारले कोषलाई तीन वर्षभित्रै उपलब्ध गराउन नसक्ने उनले  प्रष्ट पारे । “विश्वको ध्यान लुम्बिनीतर्फ आकर्षिक गर्न यहाँ विश्व समुदायकै सहयोग आवश्यक छ”, उनले भने । संविधानले व्यवस्था गरेअनुसार मौलिक हक कार्यान्वयनमै राज्यको ठूलो रकम खर्च हुने भएकाले पहिलो प्राथमिकता त्यसलाई दिइने मन्त्री खतिवडाको भनाइ थियो ।

यसअघि लुम्बिनी विकास कोषका पदाधिकारीसँगको छलफलमा मन्त्री खतिवडाले स्रोतको सीमाभित्र रहेर योजना बनाउन र विवादरहित ढङ्गले सक्रियतापूर्वक काम गर्न कोषलाई आग्रह गर्नुभयो । सो अवसरमा कोषका पदाधिकारीले लुम्बिनी गुरुयोजना पूरा गर्न भइरहेका प्रयास र समस्याका विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए । कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्य र सदस्य सचिव सरोज भट्टराइले अर्थमन्त्री खतिवडालाई स्वागत गर्नुभएको थियो । मन्त्री खतिवडाले लुम्बिनीको मायादेवी मन्दिर, केन्द्रीय नहर, सङ्ग्रहालय र निर्माणाधीन ध्यान केन्द्रको अवलोकन गरेका थिए ।

मन्त्री डा खतिवडाले बारा र पर्सामा भएको हावाहुरीको घटनामा सङ्घीय सरकारको मापदण्डभन्दा पनि माथि गएर प्रदेश सरकारकाले राहत दिने घोषणा गरेकाले सङ्घीय सरकारको तर्फबाट राहतका लागि कुनै निर्णय गर्न जरुरी नदेखिएको बताए । उनले घाइतेको निःशुल्क उपचार र भत्किएका संरचनाको पुनःनिर्माणका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १२ : ०८ बजे

व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी

अत्तरिया– कैलालीमा व्यावसायिक तरकारी खेतीमा किसानले जोड दिन थालेका छन्

प्रधानमन्त्रीको दाबी : यो सरकारले देश र जनताको हितमा ऐतिहासिक काम गरेको छ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा सरकारले

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको

बृखबहादुरको ९०औँ बर्थडे : करोडको जग्गा दान

सुनसरी– धरान १४ विजयपुर बस्ने बृखबहादुर डंगोलले आफ्नो ९०औँ जन्म

नेकपा एमाले पर्साको अध्यक्षमा शर्मा

वीरगञ्ज– नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा जिल्लाको अध्यक्षमा डा विश्वम्भर