नशामा रहेकी कलाकारले हानिन् होटलका कर्मचारीलाई थप्पड, प्रहरीलाई पनि छोडिनन् ! | Khabarhub Khabarhub

नशामा रहेकी कलाकारले हानिन् होटलका कर्मचारीलाई थप्पड, प्रहरीलाई पनि छोडिनन् !


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– टेलिभिजन अभिनेत्री रुही सिंहले सोमबार राति बान्द्राको एक रेस्टुरेन्टको बाहिर हंगामा गरेकी छिन् ।

टेलिभिजन अभिनेत्री रुही सिंहले सोमबार राति बान्द्राको एक रेस्टुरेन्टको बाहिर हंगामा गरेकी हुन् ।

उनी विरुद्ध मुम्बइ प्रहरीले एफआइआर दर्ता गरेको छ । यो घटनाको कयौं भिडियो सामाजिक सञ्जालहरुमा भाइरल भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

स्पोटब्वाईको एक रिपोर्ट अनुसार रुही आफ्ना साथीहरु राजेश र राहुलसँग राति अबेरसम्म बन्द्राको एक रेस्टुरेन्टमा थिइन् । उनीहरु ढिला पुगेका थिए ।  त्यतिबेलासम्म रेस्टुरेन्ट बन्द भइसकेको थियो। तर रुहीले त्यहाँ भएका स्टाफसँग रेस्टुरेन्ट खोल्न भनिन् ।

उनी रेस्टुरेन्टको वासरुम प्रयोग गर्न भित्र प्रवेश गर्न खोजेकी थिइन् तर बन्द भइसकेको भन्दै रेस्टुरेन्टका कर्मचारीले उनलाई भित्र पस्न दिएनन् त्यसपछि उनले रेस्टुरेन्टका कर्मचारीमाथि हातहालिन् ।

अबेर राति भएको यो हंगामा पछि स्टाफले प्रहरीलाई फोन गरेर बोलाए । प्रहरी पुग्दा उनी रेस्टुरेन्टका कर्मचारीसँग झगडा गरिरहेकी थिइन् ।

जब प्रहरीले उनलाई सम्झाउन खोज्यो तब उनले प्रहरीमाथि नै हात हालिन् । यो सबै घटनाको भिडियो खिचिराखेका प्रहरी लक्ष्मीकान्तको मोबाइल खोसेर थप्पण मारिन् ।

उनी नशामा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ११ : ५६ बजे

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

बझाङमा एमालेको अग्रता कायमै, कांग्रेस ६ सय मतले पछाडि

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ

इलाम २ मा सुहाङ नेम्बाङ एक हजार मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १,