बोरामा शव बोकेर हिँडिरहेका २ जना पक्राउ | Khabarhub Khabarhub

बोरामा शव बोकेर हिँडिरहेका २ जना पक्राउ


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनको भरतपुरबाट २ जना व्यक्ति शवसहित पक्राउ परेका छन् ।

बोरामा शव बोकेर हिँडिरहेका २ जनालाई भरतपुर महानगरपालिकाअन्तर्गतको गणेश चोकबाट पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय नारायणगढबाट मोबाइ गस्तीमा खटिएको प्रहरी टोलीले शंकाको आधारमा चेकजाँच गर्दा २ जना व्यक्ति शवसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारत मोतिहारी घर भएका ४० वर्षीया देवी साह र २६ वर्षी दिगन साह छन् । बरामद भएको शव उनीहरुकी बहिनी १७ वर्षीया परिकुमारी साहको रहेको प्रहरीको भनाइ छ ।

प्रहरीसँगको बयानका क्रममा उनीहरुले बहिनीको शव दाससंस्कारका लागि नारायणी नदीतर्फ लैजान लागेका बताएका छन् ।

बयानका क्रममा उनीहरुले बहिनी परिकुमारीले पासो लगाएर आत्महत्या गरेको बताएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १० : ५२ बजे

माधवलाई ओलीको कटाक्ष- ‘प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक गर्दछन्’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका

इन्डोनेसियामा बाढी र पहिरोबाट १५ जनाको मृत्यु

काठमाडौं– मध्य इन्डोनेसियामा पहिरो र बाढीले दर्जनौँ घर बगाउँदा कम्तिमा

वायु प्रदूषण नियन्त्रणको माग गर्दै काठमाडौंमा प्रदर्शन 

काठमाडौं– देशभर बढेको वायु प्रदूषण नियन्त्रणका लागि पहल गर्न माग

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

पाटन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको विकास,

सुदूरपश्चिममा सोडारीलाई विश्वासको मत दिन एमालेको असहयोग 

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको बैठक स्थगित भएको छ ।  मुख्यमन्त्री दीर्घ