सिड्नीमा कुटाकुट, एक नेपाली गम्भीर घाइते | Khabarhub Khabarhub

सिड्नीमा कुटाकुट, एक नेपाली गम्भीर घाइते


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी–बाटो काट्दा ठोक्किएको विषयमा विवाद हुँदा अस्ट्रेलियाको सिड्नीमा कुटाकुट भएको छ । कुटाकुट हुँदा एक नेपाली युवा गम्भीर घाईते भएका छन् ।

अष्ट्रेलियाको सिड्नीस्थित व्यापारीक केन्द्र जर्ज स्ट्रिटमा सोमबार राति बाटो काट्ने क्रममा एक अर्काबीच ठोक्किएको विषयलाई लिएर शुरु भएको विवादले उग्र रुप लिएको थियो । विवाद बढ्दै गएपछि २१ वर्षका सन स्कदरले २२ वर्षीय नेपाली युवा अनिस शाहीलाई अनुहारमा मुक्का प्रहार गरेपछि शाहीको टाउकोमा गम्भीर चोट लागेको छ । उनको टाउकोमा रगत जमेको बताईएको छ । आरोपित स्कदरलाई प्रहरीले  पक्राउ गरी हिरासतमा लिएको छ ।

उपचाररत घाइते 

त्यस्तै, सन स्कदरका दाजु तेजयलाई अर्का नेपाली युवा मारक लिम्बुले बक्स कटरले आक्रमण गर्दा तेजय घाईते भएका छन । उनको उपचारका लागि सेन्ट भिसेन्ट अस्पताल भर्ना गरिएको छ । घटनालगतै पुगेको पारामेडिक्सको टोलीले उनीहरुलाई अस्पताल पुर्‍याएको थियो।

लिम्बुलाई प्रहरीले हिरासतबाटै अस्पतालमा उपचार गराईरहेको छ भने अर्को समुहका स्कदर दाजुभाइ भने जमानतमा छुटेका छन् । कुटाकुटमा संलग्न सन स्कदरलाई हुलदंगा तथा अंधाधुन्द शारिरिक हमला गरेको मुद्धा लगाइएको छ । लिम्बुलाई सांघातिक आक्रमणको मुद्धा लगाइएको छ ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ९ : १६ बजे

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार