छाला तथा सौन्दर्य विशेषज्ञ डा. कर्ण भन्छन् : सेतो दुबी रोग होइन, यसरी हटाउन सकिन्छ | Khabarhub Khabarhub

छाला तथा सौन्दर्य विशेषज्ञ डा. कर्ण भन्छन् : सेतो दुबी रोग होइन, यसरी हटाउन सकिन्छ


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेर्दा आकर्षक र सुन्दर देखिने चाहना सबैलाई हुन्छ । तर छालामा देखिने विभिन्न समस्याहरुले मानिसको सुन्दरतालाई विगार्छ । छालामा देखिने विभिन्न रोगहरुमध्ये सेतो दुबी पनि एक हो ।

नेपालको जनसंख्याको करीब १० प्रतिशत मानिसमा सेतो दुबीको समस्या रहेको छ । धुलीखेल अस्पतालका छाला तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्णका अनुसार सेतो दबी फैलीने र नफैलीने गरी दुई प्रकारका हुन्छन् । फैलने सेतो दुबी शरीरको कुनै भागबाट शुरु भई विस्तारै शरीरभरी नै फैलन्छ भने, नफैलीने सेतो दुबी शरीरको कुनै भागमा मात्रै हुने गर्छ ।

किन आउँछ सेतो दुबी ?

शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढी भएमा शरीरमा सेतो दाग आउने गर्छ । कसैमा वंशाणुगत गुणका कारण सेतो दुबी आउने गर्छ भने बढी डर, तनावमा रहने मानिसमा सेतो दुबी आउने डा. कर्णको भनाइ छ । तर सेतो दुबी कुनै रोग भने होइन । मानिसहरुमा सुन्दरतामा कमी महसुस गरी सतोदुबीको उपचार गर्ने गर्छन् ।

‘सेतो दुबीले शरीरमा कुनै असर गर्दैन, यसको उपचार गर्नै पर्छ भन्ने पनि छैन’ डा. कर्ण भन्छन्, ‘तर शरीरमा आउने दागकै कारण हिनताबोध महसुस हुन्छ र आत्मश्विासमा कमी आउँछ भने दाग हटाउन समयमा नै उपचार गर्नुपर्छ ।’

कसरी हुन्छ उपचार ?

डा. कर्णका अनुसार सेतो दुबीको उपचार तीन किसिमले गरिन्छ । औषधि सेवन, फोटो थेरापी र अप्रेसनबाट सेतो दुवीको उपचार हुने गरेको डा. कर्णले जानकारी दिए ।

औषधिको प्रयोग

सेतो दुबी हटाउन खाने र दागमा लगाउने औषधि हुन्छ । सेता दागलाई निको पार्न दाग नमेटिएसम्म औषधि सेवन गर्नुपर्छ । शरीरमा भएको सेतो दुबी हटाउन चिकित्सकले सिफरिस गरेको औषधि सेवन गरी, औषधि खाएको दुईघण्टापछि घाममा बस्नुपर्ने हुन्छ । औषधि सेवनले दुई महिना देखि चार महिनासम्ममा दाग हराउन थाल्ने र विस्तारै निको हुँदै जान्छ । सेतो दुबीको उपचार जति छिटो ग¥यो उति छिटो निको हुन्छ, जति कम उमेर भयो त्यति छिटो निको हुने गर्छ ।’

अनुहार, ढाड, छाती, पेट, कम्मरमा भएको सेतो दाग छिटो निको हुने र हत्केला र पैतालामा भएको दाग निको हुन समय लाग्ने उनले बताए ।

फोटो थेरापी 

फोटो थेरापी भनेको अत्याधुनिक प्रविधिको प्रयोगबाट प्रकाशको किरणद्धारा उपचार गर्ने विधि हो । फोटो थेरापीमा कृत्रिम सुर्यको किरण वैज्ञानिक तरिकाबाट उत्पन्न गराइ सेतो दाग भएकाहरुको शरीरमा प्रयोग गरिन्छ ।

फोटो थेरापीले छालाको प्रतिरोधात्मक क्षमतालाई नियन्त्रण गरी शरीरको दाग मेटाउन सहयोग पुर्या‍उछ । फोटो थेरापी गराउँदा शुरुमा हप्तामा ३ पटक देखि क्रमश दुई पटक गरिन्छ । दाग हराउँदै गएपछि हप्तामा एक पटक मात्रै प्रयोग गरिने र निकोे भएपछि गर्नु पर्दैन ।

सेतो दुबीको उपचार औषधि सेवनबाट नभएमा फोटो थेरापीको माध्यमबाट उपचार गरिन्छ ।

औषधि सेवन र फोटो थेरापीबाट सेतो दुबी निको नभए शल्यक्रिया गरेर पनि सेतो दुबीको उपचार गरिन्छ ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  ४ : ३४ बजे

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा

नेपाली सेनाले ऐतिहासिक गोलकोत घरको जिर्णोद्धार गर्दै

बागलुङ– बागलुङको गलकोट नगरपालिका– ३ मा रहेको ऐतिहासिक तथा धार्मिक