आयल निगमले बढायो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य | Khabarhub Khabarhub

आयल निगमले बढायो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको छ ।

आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।

इन्डियन आयल कर्पोरेशन (आईओसी)ले १ डिसेम्बरमा पठाएको मूल्य सूचीमा इन्धनको मूल्य बढाएर पठाएका कारण पेट्रोल, डिजेल मट्टीतेलको मूल्य बढाइएको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

यसअघि प्रतिलिटर १ सय ७ रुपैयाँ रहेको पेट्रोलको मूल्य अब १ सय ९ रुपैयाँ पुगेको छ । यस्तै, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

आईओसीले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य समेत बढाएर पठाएको भएपनि त्यसको मूल्य भने नबढाइएको निगमका प्रवक्ता गोइतको भनाइ छ ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ६ : ५२ बजे

काठमाडौंका यी स्थानमा चार घण्टा विद्युत बन्द

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न ठाउँमा आज विद्युत सेवा

प्रविधिको दास बन्दैछ मान्छे

आजकल हरेक घर, परिवार र व्यक्तिमा हुने संवाद र सम्बन्ध

मौरीपालनका लागि अनुदान बढाउन माग

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको