प्रचण्डको प्रस्तावित चीन भ्रमण स्थगित | Khabarhub Khabarhub

प्रचण्डको प्रस्तावित चीन भ्रमण स्थगित


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका कारण अध्यक्ष प्रचण्डको चीन भ्रमण तत्कालका लागि स्थगित भएको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अग्नी सापकोटाले जानकारी दिए ।

गत शुक्रबार राजधानीमा आयोजित एउटा कार्यक्रममा प्रचण्डले आफू चीन जान लागेको बताए थिए ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा आफू नेतृत्वको टोली चीनको भ्रमणमा जान लागेको प्रचण्डको भनाइ थियो ।

नेकपा अध्यक्ष प्रचण्डसहित नेकपाका नेताहरुको टोली डिसेम्बर १० (मंसिर २४ गते) चीन भ्रमणमा जाने कार्यतालिका थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ६ : १९ बजे

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ