बुर्किना फासोको चर्चामा बन्दुकधारीको आक्रमण– १४ जनाको मृत्यु | Khabarhub Khabarhub

बुर्किना फासोको चर्चामा बन्दुकधारीको आक्रमण– १४ जनाको मृत्यु


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुर्किना फासोको एक चर्चामा बन्दुकधारीको आक्रमण परी १४ जनाको मृत्यु भएको छ ।

पूर्वी क्षेत्रअन्तर्गतको हान्तोउकोउरामा एउटा चर्चमा भेला भएका व्यक्तिलाई लक्षित गरी बन्दुकधारीले आक्रमण गरेका थिए ।

बुर्किना फासोका अधिकारीहरुले आक्रमणकारीको खोजी भइरहेको जनाएका छन् । अहिलेसम्म कुन समूहले कुन उद्देश्यका लागि आक्रमण गरेको हो भन्ने विषयमा केही खुल्न आएको छैन ।

पछिल्लो केही समयदेखि बुर्किना फासोमा धार्मिक तथा सम्प्रदायिक दंगाहरु बढ्दै गएका छन् ।

आइतबार चर्चामा भेला भएका व्यक्तिलाई लक्षित गरी भएको आक्रमणमा चर्चाका पादरीसहित बालबालिकाको समेत मृत्यु भएको जनाइएको छ ।

अघिल्लो महिना मात्रै खानीमा काम गर्ने मजदुरहरु बोकेको बसमाथि बन्दुकधारीहरुले आक्रमण गरेका थिए । उक्त आक्रमणमा ३९ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ६ : ११ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ