तीन बैंकले सार्वजनिक गरे नयाँ ब्याजदर | Khabarhub Khabarhub

तीन बैंकले सार्वजनिक गरे नयाँ ब्याजदर


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ३ वटा वाणिज्य बैंकहरु नबिल, एभरेष्ट र कुमारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । ३ वटै बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दतीतर्फ संस्थागत निक्षेपमा ८.५० र व्यक्तिगततर्फ ९.२५ प्रतिशत छ । बचतमा भने बैंकहरुको ब्याज फरक–फरक रहेको छ ।

कुमारी बैंक
कुमारी बैंकले सार्वजनिक गरेको ब्याजदरमा बचततर्फ सबैभन्दा बढी ६.५० र सबैभन्दा कम २.५० प्रतिशत छ । बैंकले हाल १८ प्रकारका बचत खाता सञ्चालनमा रहेको छ ।

बैंकबाट ब्याज लिँदा १८.६२ प्रतिशत ब्याज लाग्ने गरेको छ । बैंकबाट होम लोन, शैक्षिक धितोकर्जा, अटोलोन, सेयर धितोकर्जा लिँदा १८.६२ प्रतिशत ब्याज लाग्ने छ । हाल बैंकको आधार दर १०.६२ प्रतिशत रहेको छ ।

नबिल बैंक

नबिल बैंकले सार्वजनिक गरेको ब्याजदरमा बचततर्फ सबैभन्दा बढी ५.७५ प्रतिशत रहेको छ । हाल बैंकले १८ वटा बचत खाता रहेका छन् । जसमा सबैभन्दा कम ब्याज ३.७५ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा सबैभन्दा बढी ब्याज १४.४४ प्रतिशत ब्याज लाग्ने छ । बैंकबाट अन्य प्रकृतिको ऋण लिँदा १४.४४ प्रतिशत ब्याज लाग्ने छ ।

हाल बैंकको कात्तिकसम्मको आधार दर ७.९४ प्रतिशत रहेको छ । बैंकबाट हाउजिङ, मोटरेज, अटो लोन लिँँदा १२.४४ प्रतिशत ब्याज लाग्ने छ । बैंकबाट पर्सनल लोन, टर्म लोन, ओभरड्राफ्ट लोन लिँदा १३.९४ प्रतिशत ब्याज लाग्दछ । यस्तै शैक्षिक धितोकर्जा लिँदा १२.९४ प्रतिशत ब्याज लाग्छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले सार्वजनिक गरेको ब्याजदरमा बचततर्फ सबैभन्दा बढी ब्याज ६ प्रतिशत रहेको छ भने सबैभन्दा कम ४ प्रतिशत ब्याज रहेको छ । हाल बैंकले २७ प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ ।

एभरेष्ट बैंकबाट कर्जा लिँदा १६.०२ प्रतिशत ब्याज लाग्ने छ । बैंकबाट ओभरड्राफ्ट, टर्म लोन, फिक्स लोन लिँदा १६.०२ प्रतिशत ब्याज लाग्नेछ । बैंकबाट हाउजिङ लोन लिँदा १५.७७, शैक्षिक धितोकर्जा १५.५२, हाउजिङ लोन १४.५२, भेहिकल लोन १५.२७ प्रतिशत ब्याज लाग्नेछ ।

यस्तै बैंकबाट सेयर धितोकर्जामा ऋण लिँदा १५.२७ प्रतिशत ब्याज लाग्नेछ । हाल बैंकको आधार दर ८.५२ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ५ : ५४ बजे

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर

काठमाडौं–  काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित

खबरहबकर्मी शर्मालाई मातृशोक

काठमाडौं– खबरहबकर्मी राघव शर्मालाई मातृशोक परेको छ । छ महिनाअघि

ठोरी भन्सार सञ्चालनमा

चितवन– माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं– बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय

आयोगले उपनिर्वाचनको परिणाम प्रतिवेदन राष्ट्रपतिलाई बुझायो

काठमाडौं– निर्वाचन आयोगले बैशाख १५ मा सम्पन्न उपनिर्वाचनको परिणाम प्रतिवेदन