सागमा नेपालले पायो १३ स्वर्ण पदक | Khabarhub Khabarhub

सागमा नेपालले पायो १३ स्वर्ण पदक


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले १३ स्वर्ण पदक जितेको छ । काठमाडौं, पोखरा र जनकपुरमा भइरकेको सागमा सोमबार साँझ ५ बजेसम्म १३ स्वर्ण जितेको छ ।

नेपालले कराँतेमा ७, तेक्वान्दोमा ५ र ट्रायथलनमा १ गरी १३ स्वर्ण जितेको हो।

कराँतेकी अनु अधिकारीले नेपाललाई १३ औं स्वर्ण दिलाइन् ।  कराँतेकी अनुसँगै कुसुम खड्काले २–२ स्वर्ण हात पार्दा पदकतालिकामा नेपालले १३ ओटा स्वर्ण दर्ज गर्न सफल भयो ।

यस्तै करातेकै विप्लवलाल श्रेष्ठले नेपाललाई दशौं स्वर्ण जिताएका थिए । कराँतेको कुमुतेतर्फ ८४ तौलमाथिको समूहमा स्वर्ण जितेका हुन् ।

विप्ललाले पाकिस्तानका मुहम्मोद बाजलाई ६–५ को स्कोरले पारजित गर्दै स्वर्ण जितेका हुन् । कतारेमा काता तर्फ पुरुष र महिला टिमले पनि स्वर्ण जितेको छ ।

यस्तै, करातेको ५५ केजी तौल समूहमा लक्ष्मण तामाङले स्वर्ण जितेका छन् । यता तेक्वान्दोतफै नेपालले अहिलेसम्म चार स्वर्ण हात पारेको छ । पुम्से २३ देखि २९ बर्षको क्याटगोरिमा कमल श्रेष्ठले स्वर्ण जित्दा पुम्सेतर्फ नै महिलामा पावर्ती गुरुङले २३–२९ बर्षमा स्वर्ण हात पारिन् ।

यस्तै, एघारौं सागमा स्वर्ण पदक हात पारेकी आयशा शाक्यले तेक्वान्दोमा पुम्सेमा २९ बर्षमाथिको क्याटागोरिमा नेपाललाई स्वर्ण दिलाइन् । यो सँगै उनले सागमा दुई स्वर्ण हात पारेकी छन् ।

पोखरामा भइरहेको ट्रायथलमा सोनु गुरुङले स्वर्ण दिलाइन् । अहिलेसम्मका खेलहरुबा नेपालले १३ स्वर्ण, २ रजत र १ कास्य पदक पक्का भएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ५ : ३० बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको