जुन गीतले फेरिदिएको थियो रानु मण्डलको भाग्य, स्टेजमा भुलिन् त्यही गीत | Khabarhub Khabarhub

जुन गीतले फेरिदिएको थियो रानु मण्डलको भाग्य, स्टेजमा भुलिन् त्यही गीत


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – रेलवे प्लेटफर्ममा गीत गाउँदै गर्दा भाइरल भएर चर्चामा आएकी रानु मण्डल लगातार चर्चामा छिन् । उनलाई हिमेशले एक गीतमा मौका दिएका थिए ।

केही समयअघि उनी मेकअपका कारण ट्रोल बनेकी थिइन् । यतिबेला उनको अर्को भिडियो सार्वजनिक भएको छ, जुन भिडियोमा उनले स्टेजमा गाउनुपर्ने भिडियो नै भुल्छिन् ।

रानुको उक्त भिडियोलाई सामाजिक सञ्जालमा प्रयोगकर्ताले मजाक बनाइदिएका छन् । उनले हिमेशसँग गाएको गीत स्टेजमा गाउनुपर्ने थियो । तर, उनले बीचमा गीत नै भुलिन् ।

जुन गीतले उनको भाग्य नै फेरिदिएको थियो, त्यही गीत उनले भुलिन् । र उनले भिडियोमा आफूले गीतको लिरिक्स बिर्सिएको बताउँछिन् ।

खासमा रानु मण्डल एक इभेन्टमा गीत गाउन पुगेकी हुन्छिन् । स्टेजमा उनलाई पत्रकारले हिमेशसँग गाएको गीत थोरै गाएर सुनाउन आग्रह गर्छिन् ।

त्यसपछि रानु मण्डलले गीत गाउन भन्दै माइक त लिन्छिन् तर गीत नै भुल्छिन् । भन्छिन् – ओमाइगड, मैले गीत नै भुलेँ ।

यो भिडियो यतिबेला सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि मजाकको विषय बनेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ५ : ३८ बजे

बाँकेको क्षेत्रीय कारागार आजदेखि सञ्चालनमा आउने

काठमाडौं– बाँकेको बैजनाथ गाउँपालिका–३ नौबस्तामा निर्माण भएको क्षेत्रीय कारागार आजदेखि

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका