महिला हिंसा गरेको भन्दै १५ लाख ठगेको आरोपमा अभिनेत्री पक्राउ | Khabarhub Khabarhub

महिला हिंसा गरेको भन्दै १५ लाख ठगेको आरोपमा अभिनेत्री पक्राउ


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मराठी अभिनेत्री सारा श्रवणले आफ्नो अभिनयका कारण अलग पहिचान बनाएकी छिन् । मराठी फिल्म जगतको यी कलाकारलाई प्रहरीले पक्राउ गरेको छ ।

सारालाई प्रहरीको अनुसन्धान ब्युरोले ठगीको आरोपमा पक्राउ गरेको छ । उनीमाथि १५ लाख भारु ठगी गरेको आरोप लागेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार सारा यो केशमा पक्राउ पर्ने चौथी आरोपी हुन् । उनले मेकर सुभाष यादवसँग एक फिल्ममा काम गरेकी थिइन् । पछि फिल्म रिलिज भएपछि उनले सुभाष यादवले आफूमाथि हिंसा गरेको आरोप लगाएकी थिइन् ।

प्रहरी अधिकारीका अनुसार यो मुद्दा मिलाउन भन्दै ती कलाकारले सुभाष यादवसँग १५ लाख रुपैयाँ मागेकी थिइन् । यो पूरै घटनालाई सुभाष यादवले भिडियो रेकर्ड गरेर प्रहरीलाई बुझाएका थिए ।

आरोपी यादवसँग १५ लाख रुपैयाँ माग्दै गरेको भिडियो प्रमाणका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  १२ : ५४ बजे

विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा गाजा

काठमाडौं– गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव व्यापक समाधानका लागि

बझाङमा सर्वदलीय बैठक जारी, १ बजेपछि मतगणना हुने 

बझाङ– बझाङमा सर्वदलीय बैठक जारी छ । बझाङ प्रदेशसभा १

सुपला भट्टराई : दर्शकको मन जित्न सफल बालकलाकार

काठमाडौं– बालविवाह र बोक्सी कुप्रथाको विषयमा बनेको चलचित्र ‘बोक्सीको घर’

वेस्ट इन्डिज’ए’ ले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो

फाकफोकथुम : एमाले–कांग्रेसको पुरानो गढ

इलाम- प्रतिनिधिसभाको उपचुनावको मतगणना फाकफोकथुम गाउँपालिकाको वडा नम्बर–१ बाट सुरु