यस्तो गेटअपमा 'चपली हाइट ३' मा इन्ट्री भए अर्पण | Khabarhub Khabarhub

यस्तो गेटअपमा ‘चपली हाइट ३’ मा इन्ट्री भए अर्पण


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निकेश खड्काले निर्देशन गरिरहेको फिल्म ‘चपली हाइट ३’ मा अभिनेता अर्पण थापा पनि अनुबन्ध भएका छन् । फिल्मका निर्माता अर्जुन कुमारले यसबारेमा जानकारी दिएका छन् ।

यतिबेला छायांकनको क्रममा रहेको फिल्म ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश गौतम, आमिर गौतम लगायतका कलाकारको शीर्ष भूमिका देख्न सकिनेछ ।

अर्पणको भूमिका भने खलनायकको भएको उनको गेटअपबाट अनुमान गर्न सकिन्छ ।

यसै वर्षको चैत्र २८ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मलाई पुरुषोत्तम प्रधानले क्यामेरामा उतारिरहेका छन् ।

यसअघि फिल्मका दुई भाग प्रदर्शन भइसकेका छन् । पहिलो भाग व्यावसायिक रुपमा सफल भए पनि दोस्रो भाग भने खासै सफल बन्न सकेन ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  १२ : २७ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम