'लालझण्डा सदैव माथि हुँदैन, नेकपालाई बर्लिनको पर्खालझैँ ढलेको पत्तै भएन' | Khabarhub Khabarhub

‘लालझण्डा सदैव माथि हुँदैन, नेकपालाई बर्लिनको पर्खालझैँ ढलेको पत्तै भएन’


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसका तर्फबाट धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार तिलक राईलाई जीतको बधाइ दिएका छन् ।

अन्तिम मत परिणाम नआएपनि तिलक जीत नजिक पुगेका छन् । नेकपाका उम्मेदवार प्रकाश राईभन्दा भन्दा उनी २५ सय भन्दा धेरै मतले अगाडि रहेका छन् ।

वामपन्थीको किल्लाको रुपमा रहेको धरान परिवर्तनको पक्षमा उभिएको शर्माको भनाइ छ ।

वामपन्थीहरुले धरानमा सधैं लालझण्डा हुन्छ भन्ने सोचेको तर सबैभन्दा माथि जनताको मत हुन्छ भन्ने विर्सिएको उनको भनाइ छ । वामपन्थीहरुले बर्लिनको पर्खालझैं धरानमा आफ्नो लहर ढलेको थाहा नपाएको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्,’कसैले भने `पश्चिम् बंगाल´हो धरान । लालझण्डा यहाँ सदैब माथी रहन्छ । बिर्सिए सबै भन्दा माथी जनताको मत रहन्छ । तिनलाई पत्तै भएन पश्चिम् बंगालको राज अलिअघि स्वयं ढलिसकेको थियो बर्लिनको पर्खालझैं !

आज भानु चोकमा उभिएर धरानले भन्यो म परिवर्तनको पक्षमा उभिन्छु । विन्रम बधाई धरानलाई ।’

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ११ : ०१ बजे

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ