एट्लेटिकोलाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा | Khabarhub Khabarhub

एट्लेटिकोलाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडलाई पराजित गरेको छ । यससँगै बार्सिलोना लिगको शीर्ष स्थानमा पुगेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १–० ले हरायो । बार्सिलोनाको जितमा लियोनल मेस्सीको गोल निर्णायक बन्यो ।

९० मिनेटको खेल सकिन केही मिनेट अघिमात्र ८६ मिनेटमा बार्सिलोना कप्तान मेस्सीले पेनाल्टी बक्सबाट बललाई जाली चुमाएका थिए ।

जीतसँगै १४ खेल खेलेको बार्सिलोनाको ३१ अंक रहेको छ । समान ३१ अंक रहेको रियल मड्रिड गोल अन्तरका आधारमा तालिकाको दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ७ : ४३ बजे

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी