पाकिस्तानबाट रिहा भएपछि अभिनन्दनको पहिलो भिडियो सार्वजनिक | Khabarhub Khabarhub

पाकिस्तानबाट रिहा भएपछि अभिनन्दनको पहिलो भिडियो सार्वजनिक


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानबाट मुक्त भइ स्वदेश फर्किएका भारतीय वायुसेनाका विङ्ग‌ कमाण्डरको नयाँ भिडियो सार्वजनिक भएको छ । भिडियोमा पाकिस्तानी सेनाको हिरासतबाट हालै मुक्त भएर भारत फर्केका भारतीय वायुसेनाका विङ्ग‌ कमाण्डर अभिनन्दन वर्तमानले पाकिस्तानी सेना आफूसँग व्यावसायिक रूपमा प्रस्तुत भएको जनाएका छन् ।
भारतीय वायुसेनाको वर्दी लगाएर भिडियोमा प्रस्तुत भएका विङ्ग कमाण्डर अभिनन्दनले पाकिस्तानी सेनाको व्यवहारबाट आफू प्रभावित भएको समेत बताएका छन् ।
सेतो भित्ताको आडमा खिचिएको भिडियो भारी मात्रामा सम्पादन गरिएको छ ।
“मैले पाकिस्तानी सेनासँग केही समय बिताएको छु, म पाकिस्तानी सेनाको व्यवहारबाट प्रभावित छु ।” भिडियोमा अभिनन्दनले भनेका छन् ।
गत बुधबार उनले उडाइरहेको भारतीय वायुसेनाको मिग २१ लडाकु विमान पाकिस्तानी सेनाले खसालेपछि उनी पाकिस्तानी सेनाको हिरासतमा थिए ।
पछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतलाई शान्तिको सन्देश दिन उनलाई भारत फिर्ता गर्ने घोषणा गरेका थिए । प्रधानमन्त्री खानको घोषणा अनुसार शुक्रबार बेलुकी उनी भारत-पाकिस्तान सीमाको वाघा-अटारी नाका हुँदै भारत प्रवेश गरेका थिए । उनलाई ठूलो संख्यामा भेला भएका भारतीय नागरिक तथा भारतीय सेनाका अधिकारीले सीमाक्षेत्रमा स्वागत गरेका थिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ११ : १२ बजे

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

बेलबारी– लामो समयदेखि पानी नपर्दा किसानले लगाएको अन्नबाली सुक्न थालेको

भोजपुर बोलेरो दुर्घटना : दुई जनाको मृत्यु

टक्सार– भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो

सुहाङको फराकिलो अग्रता, कांग्रेस र स्वतन्त्रबीच दोस्रोका लागि प्रतिस्पर्धा

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई

भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु

बैतडी– बैतडीको सिगास गाउँपालिका–५ की २४ वर्षीया चन्द्रा कुमारी धामीको

शुल्क तिर्न बाध्य भए विद्यार्थी 

पाल्हीनन्दन– पश्चिम नवलपरासीका सामुदायिक तथा संस्थागत विद्यालयले दलित विद्यार्थीलाई शुल्क