क्षयरोगबाट जोगाउन सक्ने खोप तयार गर्दै अनुसन्धानकर्ता | Khabarhub Khabarhub

क्षयरोगबाट जोगाउन सक्ने खोप तयार गर्दै अनुसन्धानकर्ता


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्षयरोगविरुद्धको उपचारमा ठूलो परिवर्तन ल्याउन सक्ने अपेक्षासहित एउटा नयाँ खोप विकसित भइरहेको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

उक्त खोपले क्षयरोगबाट दीर्घकालीन रूपमा जोगाउन सक्ने आशा गरिएको छ । क्षयरोगबाट विश्वभरि बर्सेनि १५ लाख मानिसले ज्यान गुमाउने गरेका छन् ।

सर्ने सम्भावना उच्च भएको यो रोग जीवाणुबाट सर्छ । यो रोगविरुद्ध अहिले उपलब्ध खोप बीसीजी त्यति प्रभावकारी छैन ।

नयाँ खोपको प्रारम्भिक परीक्षण भइसकेको छ । तर त्यसले प्रयोगको अनुमति पाउन अझै केही वर्ष कुर्नुपर्ने हुन्छ ।

अनुसन्धानमा संलग्न विश्वभरिका शोधकर्ताहरूको टोलीले मङ्गलवार पश्चिम भारतको हैदराबादमा फोक्सोको स्वास्थ्यसम्बन्धी एउटा सम्मेलनका क्रममा नयाँ खोपबारे जानकारी गराएको हो ।

जीवाणुको प्रोटीनबाट बन्ने यो खोपले मानिसमा रोगप्रतिरोधक क्षमता विकसित गराउँछ ।

अनुसन्धानकर्ताहरूका अनुसार नयाँ खोपले सबैभन्दा महत्त्वपूर्ण चरण ‘क्लिनिकल ट्रायल’ पूरा गरिसकेको छ र दक्षिण अफ्रिका केन्या तथा जाम्बियामा साढे तीन हजारभन्दा बढी मानिसमा त्यसको परीक्षण गरिसकिएको छ ।

क्षयरोग विशेषज्ञ डा. डेभिड लेविन्शनका अनुसार यो खोपले साँच्चिकै आमूल परिवर्तन गरिदिनेछ ।

बीबीसीसँग उनले भने, “यो खोपको विशेषता के हो भने क्षयरोग निम्त्याउने जीवाणुबाट पहिलेदेखि सङ्क्रमित वयस्कहरूमा पनि प्रभावकारी देखिएको छ।”

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१८ मा एक करोड क्षयरोगी भएको अनुमान छ । विश्वको लगभग एकचौथाइ जनसङ्ख्या नदेखिनेगरी क्षयरोगबाट सङ्क्रमित छ ।

क्षयरोगको जीवाणु निष्क्रिय रूपमा रहेका मानिसहरूको जीवनमा क्षयरोग हुने खतरा पाँचदेखि १० प्रतिशतसम्म हुन्छ । विश्वका कुल क्षयरोगीमध्ये एकतिहाइ सङ्ख्या आठवटा देशमा पाइन्छ ।

भारतमा २७ प्रतिशत, चीनमा ९, इन्डोनेशियामा ८, फिलिपिन्समा ६, पाकिस्तानमा ६, नाइजिरियामा ४, बाङ्ग्लादेशमा ४ र दक्षिण अफ्रिकामा ३ प्रतिशत बिरामी छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  १ : २४ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम