जमात ए इस्लामीको गतिविधिमाथि ५ वर्षको प्रतिबन्ध | Khabarhub Khabarhub

जमात ए इस्लामीको गतिविधिमाथि ५ वर्षको प्रतिबन्ध


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय अधिकारीले भारत प्रशासित कश्मीरमा सक्रिय इस्लामिक संगठन जमात ए इस्लामीमाथि प्रतिबन्धको घोषणा गरेका छन् ।

हिंसात्मक विद्रोह तथा पृथकतावादलाई बढावा दिएको भन्दै जमात ए इस्लामीमाथि ५ वर्षे प्रतिबन्धको घोषणा गरिएको हो ।

भारतको गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै जमात ए इस्लामीको गतिविधिमा ५ वर्षे प्रतिबन्ध लगाइएको जनाएको हो ।

गृह मन्त्रालयले त्यस संगठनको कश्मीर तथा अन्य क्षेत्रमा सक्रिय अतिवादी समूहसँग साँठगाँठ रहेको तथा मुलुकको अखण्डताविरुद्धको गतिविधिमा सक्रिय रहेको जनाएको छ ।

त्यस्तै, गृह मन्त्रालयको विज्ञप्तिमा यो संगठन मुलुकमा नागरिक तथा सामाजिक व्यवस्थाविरुद्धका गतिविधिमा पनि सक्रिय रहेको जनाइएको छ ।

गत फेब्रुअरी १४ मा भारत प्रशासित कश्मीरको पुलावामामा ४० जनाभन्दा धेरै भारतीय अर्धसैनिकको ज्यान जानेगरी भएको आत्मघाती बम आक्रमणपछि प्रहरीले कश्मीरमा ३ सयजनाभन्दा धेरै जमात ए इस्लामीका नेता अब्दुल हमिद फैयाजसहित अन्य नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको थियो ।

जमात ए इस्लामी भारतमा राजनीतिक तथा अन्य धार्मिक क्षेत्रमा पनि सक्रिय रहेको बताइन्छ ।

 

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  २ : ३४ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र