मन्त्री अधिकारीको शव पोखराको प्रदर्शनी केन्द्रमा श्रद्धानञ्जलीका लागि राखिने, रामघाटमा अन्त्येष्टि | Khabarhub Khabarhub

मन्त्री अधिकारीको शव पोखराको प्रदर्शनी केन्द्रमा श्रद्धानञ्जलीका लागि राखिने, रामघाटमा अन्त्येष्टि


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर काठमाडौंंमा श्रद्धाञ्जली सकिएपछि पोखरा ल्याइने छ ।

मन्त्री अधिकारीको शव पोखरा विमानस्थलबाट सिधै नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलीका लागि राखिने तयारी गरिएको छ ।

श्रद्धाञ्जलीपछि शव यात्रा नयाँ बजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक हुँदै रामघाटमा लगेर राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।

पोखरास्थित उनको घर परिवार तथा आफन्तजनमा रुवाबासी चलेको छ । अप्रत्यासित घटना सुनेलगत्तै अधिकारीको पोखरास्थित जन्मस्थल गैरा गाउँ जामुने बोटमा छिमेकीहरु भावविह्वल छन् ।

रवीन्द्र अधिकारीको जन्म २०२६ बैशाख २२ गते कास्कीको भरतपोखरी–जामुनाबोटमा भएको थियो । आमा लक्ष्मी अधिकारी र पिता इन्द्रप्रसाद अधिकारीका जेष्ठ पुत्रको रुपमा जन्मिएका अधिकारीले प्राथमिक शिक्षा गाउँकै शान्ति उदय मावि विद्यालयबाट पूरा गरेका थिए ।
अधिकारीको निधनले सारा गाउँ नै शून्यता छाएको जामुनाबोटबासीहरु बताउँछन् । उनीहरु भन्छन् गाउँ नै टुहुरो बनेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ८ : २७ बजे

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति

सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै , विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

 काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिने

राष्ट्रपति पौडेलले दिए विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा स्वदेश

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं– आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु