तयारी नगरी सवारी : मन्त्रीको टोली पाथीभरा आउने पूर्वजानकारी थिएन | Khabarhub Khabarhub

तयारी नगरी सवारी : मन्त्रीको टोली पाथीभरा आउने पूर्वजानकारी थिएन


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पर्यटनमन्त्री रवीन्द्र अधिकारीको टोली बुधबार पाथीभरा आउने पूर्वजानकारी नै नभएको कान्तिपुर दैनिकमा खबर छ । प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायले थाहा पाउँदासम्म टोली मन्दिर पुगिसकेको थियो । मन्त्री अधिकारीले तेह्रथुम चुहानडाँडाको कार्यक्रममा आफू काठमाडौं फर्कन लागेको बताए पनि टोली पाथिभरा दर्शन गर्न गएको थियो । त्यस्तै उद्धारमा संलग्न सैनिक प्रताव लामाले भुण्डिएरै उद्धार गरेको बताएका छन् ।

नेपालको अन्तर्राष्ट्रिय जगतमा पहिचान बनाउन सफल महिला क्रिकेटर झापाकी अप्सरी बेगमले नेपाली नागरिकता पाएकी छ्रैनन् । उनले नागरिकता नपाएको विवरणसहितको खबर ‘म किन अनागरिक’ शीर्षकमा छापिएको छ ।

त्यस्तै भारत र पाकिस्तानको तानावका कारण नेपाल आउने उडान प्रभावित भएका छन् । जम्मु कश्मीर क्षेत्रमा बढेको तनावसँगै पाकिस्तानले आफ्नो आकाशबाट जहाज उड्न प्रतिबन्ध लगाएपछि नेपाल आउने अन्तर्राष्ट्रिय उडान प्रभावित भएका हुन् ।

‘तारेभीर हेली पाठः आकाश छ्याङ्ङ पर्खिनू’ शीर्षकमा लेखिएको सम्पादकीयमा दुर्गम हिमाली र पहाडी भूगोलमा हेलिकोप्टरले वर्षभरि आपतविपत र अभरमा परेका यात्रुको सुरक्षित उद्धार गरेको छ, आवागमन अविश्वसनीय ढंगले सहज पारिदिएको पनि छ ।

कहिलेकाहीँ यस्तै दुःखद घटना आइपर्दा समस्त हवाईसेवा लाञ्छित हुन पुग्छ । फेरि पनि सरकार र यसको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले मौसमसँग् सतर्कता अपनाउने सीप र सावधानीका लागि खबरदारी गरिरहनुपर्छ । संवेदनशीलता हेरी हवाई सुरक्षामा सम्झौता स्वीकार्य हुँदैन।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ६ : ४२ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम