मिर्गौला पीडितलाई ९ लाख सहयोग | Khabarhub Khabarhub

मिर्गौला पीडितलाई ९ लाख सहयोग


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- मर्स्याङ्दी गाउँपालिका–६ दिङदिङका ३६ वर्षीया मिर्गौला पीडित मीनमाया गुरुङको उपचारका लागि ९ लाख तीन हजार सहयोग सङ्कलन गरिएको छ ।

गाउँपालिकास्थित युनाइटेड बाघेता र योङ स्टार युवा क्बलको अगुवाइमा स्थानीय र विदेशमा रहेका नेपालीबाट सो रकम सङ्कलन गरिएको हो ।

आज (मंगलबार) बेँसीशहरमा आयोजित कार्यक्रममा मिर्गौला पीडितका श्रीमान् कामसार्की गुरुङलाई सो रकम हस्तान्तरण गरिएको हो ।

अमेरिकाबाट एक लाख ३० हजार, लमजुङ उत्तरी भेग तमु समाज काठमाडौँले एक लाख ८० हजार र लमजुङ आमा समूहले तीन लाख २४ हजार सहयोग गरेको बाघेता युवा क्लबका अध्यक्ष विष्णु गुरुङले जानकारी दिए ।

हालसम्म पाँच लाखभन्दा बढी खर्च भएको पीडितका श्रीमान् कामसाकीले जानकारी दिए । गुरुङ सात महिनाअघि बिरामी भएकी थिइन । उनले गण्डकी अस्पतालमा डायलासिस गराउँदै आएकी छन् ।

मिर्गौला प्रत्यारोपणका लागि ८० लाखभन्दा बढी खर्च लाग्ने बताइएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ९ : ३९ बजे

प्रदेशको गौरव सडकमा कालोपत्र अन्तिम चरणमा

तनहुँ– गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ

धरान : तिर्खाएको काकाकुल !

सुनसरी- धरानमा खानेपानी ढुवानी गर्ने कुनै पनि ट्याङ्कर व्याबसायीलाई तपाईले

सप्तरीका अग्निपीडितलाई राहत वितरण

सप्तरी– आगलागीबाट घर नष्ट भएका सप्तरी चिम्टीका अग्निपीडितलाई राहत सामग्री

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत