नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने | Khabarhub Khabarhub

नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- भारतसँग सीमा जोडिएका बैतडी र दार्चुलाका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन् ।

यही असोज १८ गते सिमावर्ती भारतीय जिल्ला झुलाघाटमा हुने जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सीमा बन्द गर्न लागिएको हो ।

असोज १६ देखि १८ गते सम्म तीन दिनका लागि नेपाल–भारत सीमाना बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

असोज १६ गते साँझ ५ बजेदेखि १८ गते साँझ ५ बजेसम्म तीन दिनका लागि अन्तर्राष्ट्रिय सीमा (पुल) बन्द हुने उनले बताए ।

दशैँमा सीमा नाका बन्द हुने भएपछि घर फर्किने नेपालीलाई समस्या हुने देखिएको छ ।

यस्तै दोस्रो चरणअन्तर्गत दार्चुलाको सीमापारी रहेको धार्चुलामा पनि निर्वाचन हुने भएकाले असोज २७ गते साँझ ५ बजेदेखि असोज २९ गते साँझ ५ बजेसम्म धार्चुला नाका पनि बन्द हुने जनाइएको छ ।

आकस्मिक रुपमा निर्वाचनको बिचमा पुल खोल्नुपरेमा आपसी समझदारीमा खोल्न सकिने जिल्ला प्रसासन कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ४ : ४१ बजे

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।

सात हजार पशुपक्षीको उपचार

कैलाली– कैलालीस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ

भूकम्पले क्षति पुर्‍याएकाे अर्लाङ्दी मन्दिर जीर्णोद्धार

गोरखा– भूकम्पले क्षति पुर्‍याएकाे गोरखाको सहिद लखन गाउँपालिका–४ स्थित ताक्लुङमा

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए, वार्ता निश्कर्षविहीन

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ