‘रातो टीका निधारमा’ फ्लप हुनुका ४ कारण | Khabarhub Khabarhub

‘रातो टीका निधारमा’ फ्लप हुनुका ४ कारण


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बडादशैँको अवसर पारेर यही असोज १० गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘रातो टीका निधारमा’ बक्स अफिसमा असफल रह्यो । यो चलचित्रले हलसम्म दर्शक तान्ने धेरैको पूर्वानुमान थियो । त्यसो त केही हलमा चलचित्र अझै पनि धरमर गर्दै चलिरहेको छ । चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्माको शीर्ष भूमिका छ । अशोक शर्माको लेखन तथा निर्देशन रहेको यो चलचित्र आखिर किन चलेन त? यसबारेमा छलफल गरौँ:

राम्रो कथा, कमजोर पटकथा

चलचित्रका निर्देशक अशोक शर्माले नै तयार पारेको यो चलचित्रको कथा यति कमजोर छ कि, त्यसको अन्य चलचित्रसँग तुलना गर्न पनि गाह्रो हुन्छ । उनले चलचित्रमा कथा त राम्रो उठाउने जमर्को गरेका छन् । तर प्रस्तुतीकरण ज्यादै नै खल्लो छ । चलचित्रमा आउने हरेक घटनाक्रम पूरै वाहियात लाग्छन् । चलचित्रको प्रस्तुतीकरण केटाकेटीले भाँडाकुटी खेलेजस्तो छ ।

चलचित्रमा त्यस्तो कुनै प्लट छैन, जुन प्लटलाई हेरेर दर्शकले ‘वाह’ भन्न सकून् । चलचित्रको प्रस्तुतीकरण एकदमै कमजोर छ । संवाद र प्लटमा निर्देशक चुक्नुसम्म चुकेका छन् ।

कलाकारको अभिनय

चलचित्रको स्किृप्ट नै कमजोर भएपछि चलचित्र राम्रो बन्ने कुरै भएन । त्यसमाथि पनि निर्देशक शर्माले चलचित्र ‘रातो टीका निधारमा’ मा कलाकारलाई यति कमजोर र निरीह बनाएका छन् कि, कुनै पनि प्लटमा कलाकारले राम्रो प्रस्तुति दिन सकेका छैनन् । एउटा हैन, सबै कलाकारको अभिनय उस्तै कमजोर छ । एक अर्थले त निर्देशकले सबै कलाकारलाई केवल ‘जोकर’ बनाएका छन् ।

चलचित्रको स्किृप्टमा पात्र नै बलिया बन्न नसकेपछि कलाकार झन् खल्लो लाग्ने भइहाले । यही चलचित्रबाट डेब्यु गरेका अंकित शर्मा शिकारु कलाकार बनेका छन् । कुनै पनि कलाकार सिक्नका लागि चलचित्रमा अभिनय गर्नेभन्दा पनि सिकेर चलचित्रमा अभिनय गर्नुपर्ने हो ।

कर्कस पार्श्वध्वनि

चलचित्रको छायांकनमा बरु केही दृश्यमा चित्त बुझाउने ठाउँ रहला तर यसको पार्श्वध्वनि कानमा मात्र होइन, मनमै बिझ्छ । चाहिनेभन्दा बढी लाउड बनेको चलचित्रको पार्श्वध्वनिले यति दिक्क बनाउँछ कि, दर्शकलाई चलचित्र हेर्दा मजा लागेको ठाउँमा पनि यसको म्युजिक ‘भिलेन’ बनेर आइदिन्छ ।

र, कमजोर निर्देशन

भनिन्छ, चलचित्र कस्तो बनाउने भन्ने निर्देशकको हातमा हुन्छ । चलचित्रको कथा राम्रो हुनुपर्छ । ‘रातो टीका निधारमा’ को कुरा गर्नुपर्दा चलचित्रको कथा पनि कमजोर छ, निर्देशकीय क्षमता पनि उत्तिकै फितलो छ । निर्देशकले चलचित्रलाई स्तरीय बनाउनभन्दा पनि विज्ञापन एजेन्सीको यसरी विज्ञापन गरेका छन् कि, मानौँ यो चलचित्र चलचित्र होइन, विज्ञापन हो ।

चलचित्रमा एउटा रक्सीको विज्ञापन आउँछ, त्यतिबेला कलाकारभन्दा बढी फोकस त त्यही रक्सीलाई गरिन्छ ।

चलचित्रमा यदि केही राम्रो छ भने त्यो हो यसको विषयवस्तु । चलचित्रले नेपालमा पनि कृषि क्षेत्रमा केही गर्न सकिन्छ भन्ने विषय उठाएको छ । केही क्रान्तिका कुरा पनि छन् । तर, प्रस्तुति कमजोर हुँदा ती कुनै पनि विषयले कन्भिन्स गर्दैन ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  १२ : ४१ बजे

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज

पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरीकाे सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार