ओली र प्रचण्डको निष्कर्ष– सभामुखले राजीनामा दिनुपर्छ | Khabarhub Khabarhub

ओली र प्रचण्डको निष्कर्ष– सभामुखले राजीनामा दिनुपर्छ


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल पचण्डले यौन दुव्र्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले तत्कालका लागि पदबाट राजीनामा दिन उपयुक्त हुने निष्कर्षमा पुगेका छन् ।

मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलपछि दुई नेता सभामुखले राजीनामा दिनुपर्ने निष्कर्षमा पुगेका हुन् ।

यद्यपि, सभामुख महरामाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे छलफल गर्न दुई अध्यक्षले सचिवालय सदस्यको आकस्मिक बैठक समेत आह्वान गरेका छन् ।

अहिले केही बेरैमै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टी सचिवालय बैठक शुरु हुने बालुवाटार स्रोतले जनाएको छ ।

‘दुवै अध्यक्ष अहिलेका लागि सभामुखले पदबाट राजीनामा दिनुपर्छ भन्ने निष्कर्षमा पुग्नुभएको छ । राजीनामा दिन लगाउनेबारे निर्णय गर्न सचिवालय बैठक बोलाइएको छ,’ प्रधानमन्त्री ओलीनिकट स्रोतले खबरहबसँग भन्यो, ‘सचिवालय बैठकले सभामुखलाई पदबाट राजीनामा दिन लगाउने निर्णय गर्न सक्छ ।’

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ११ : १६ बजे

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई दोब्बर मतको अग्रता

बझाङ– बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका

जुम्लाबाट हत्या अभियोगमा एक जना पक्राउ

जुम्ला– जुम्लाको पातारासि गाउँपालिका-३ छुम बस्ने ५६ वर्षीया सुवा महतराको

नवलपुरमा वन डढेलो नियन्त्रण बाहिर

नवलपुर– नवलपुरमा गत चैत पहिलो सातादेखि लागेको वन डढेलो अझै

राष्ट्रियसभा सदस्य अञ्जान शाक्यले लिइन् सपथ

काठमाडौं– राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको सपथ

पूर्वाधार कार्यालय गौरमा लगाएको ताला कांग्रेस आफैले खोल्यो

रौतहट– कांग्रेस नेताहरूले पूर्वाधार विकास कार्यालय गौरमा चारदिन अघि गरेको