दशैंको तेस्रो दिन माता चन्द्रघण्टाको पूजा आराधना गरिँदै | Khabarhub Khabarhub

दशैंको तेस्रो दिन माता चन्द्रघण्टाको पूजा आराधना गरिँदै


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालीहरुको महान चाड बडा दशैंको तेस्रो दिन आज विभिन्न शक्तिपीठहरुमा माता भगवती दुर्गाको एक रुप चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ ।

नवरात्रभर नवदुर्गा भवानीको पूजा गर्ने प्रचलन अनुसार आज चन्द्रघण्टाको पूजा गरिन्छ । पूजा आजाका लागि बिहानैदेखि शक्तिपीठहरुमा श्रद्धालु भक्तजनहरुको भीड लागेको छ ।

नवरात्रको अवधिभर विभिन्न देवी देवता र शक्तिपीठहरुमा एक चित्त र एकाग्र भइ ब्रत बस्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

हिन्दु धर्मालवम्वीहरुले विधिपूर्वक घर घरमा घटस्थापना गरेसँगै नवरात्र शुरु भएको हो । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ ।

नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । माता दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा हुन्छ ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवम दर्शनार्थीको भीड लाग्ने गर्दछ ।
घटस्थापनमा छरेर उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रुपमा लगाउने गरिन्छ । यस वर्षको विजया दशमी असोज २१ गते मङ्गलबार परेको छ । सोही दिन बिहान ८ः ४५ बजे देवी विसर्जन गरेपछि १०ः ३५ को शुभ साइतमा मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिनेछ ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ६ : ०२ बजे

एस्ट्राजेनेकाले कोरोना भाइरसको खोप फिर्ता लिँदै

काठमाडौं– बेलायतको औषधि बनाउने कम्पनी एस्ट्राजेनेकाले कोरोना भाइरसको भ्याक्सिन फिर्ता

रारा पुग्ने छोटो सडक स्तरोन्नति सुरु

मुगु– रारा ताल जाने पर्यटकीय सडक विस्तार तथा स्तरोन्नतिको काम

कोशीमा बजेट अधिवेशन आह्वानका लागि दोस्रो पटक सिफारिस

विराटनगर- आगामी जेठ ११ गते कोशी प्रदेशको बजेट अधिवेशन आह्वान

सम्भावित रणनीति तय गर्न देउवाले पार्टी पदाधिकारीलाई बूढानीलकण्ठ बोलाए

जनता समाजवादी पार्टी विभाजनपछिको राजनीतिक अवस्था र शुक्रबारदेखि सुरु हुने

धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्ध

काठमाडौं– भारतको एयर इन्डिया एक्सप्रेसका धेरै कर्मचारीले एकै पटक बिदा