एटीएम ह्याक प्रकरणमा राष्ट्र बैंकद्वारा छानविन समिति गठन | Khabarhub Khabarhub

एटीएम ह्याक प्रकरणमा राष्ट्र बैंकद्वारा छानविन समिति गठन


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले विभिन्न बैंकका एटीएम ह्याक प्रकरणमा अध्ययन गर्न छानविन समिति गठन गरेको छ ।

एटीएम ह्याक गरेर चिनियाँ नागरिकहरुले १ करोड ६८ रुपैयाँ निकालेको प्रारम्भिक निश्कर्ष निकाल्दै यस विषयमा थप अध्ययन गर्नका लागि राष्ट्र बैंकले छानविन समिति बनाएको हो ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले ५ सदस्यीय छानविन समिति गठन गरिएको जानकारी दिए । बैंकका भुक्तानी प्रणाली विभागको प्रमुख रहेका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा समिति गठन गरिएको हो ।

समितिका सदस्यमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) का सीईओ, बैंकर्स संघका सूचना तथा प्रविधि हेर्ने प्रतिनिधि र राष्ट्र बैंककै प्रविधि हेर्ने निर्देशक समितिको सदस्य तोकिएको छ ।

समितिलाई ३ दिनमा प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । प्रतिवेदन आएपछि आवश्यक निर्णय हुने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ७ : १६ बजे

बझाङमा एमालेको अग्रता कायमै, कांग्रेस ६ सय मतले पछाडि

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ

इलाम २ मा सुहाङ नेम्बाङ एक हजार मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १,

चीनले नेपालीलाई भिषा शुल्क नलिने

काठमाडौं । छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने

प्रचार अभावले ओझेलमा हनुमन्तेडाँडा

दोलखा– दोलखामा रहेको हनुमन्ते डाँडा प्रचार प्रसारको कमीले ओझेलमा परेको

सङ्घीय सरकारलाई कर्णालीका मुख्यमन्त्री कँडेलको ११ बुँदे सुझाव

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर सरकारी वित्त