एनआईसी एसिया र प्रभु बाहेकका बैंकको एटिएम चल्यो | Khabarhub Khabarhub

एनआईसी एसिया र प्रभु बाहेकका बैंकको एटिएम चल्यो


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ह्याकरको आक्रमणपछि आइतबारदेखि बन्द रहेका बैंकहरुको एटिएम सञ्चालनमा आएका छन् । तर, सम्बन्धित बैंकको एटिएमबाट मात्र रकन निकाल्न मिल्ने व्यवस्था गरिएको छ ।

एटीएम सर्भर प्रोभाइडर संस्था नेप्स अन्तर्गत रहेका अधिकांश बैंकको एटिएम सञ्चालनमा आएपनि प्रभु बैंक र एनआईसी एशियाको एटिएम भने सञ्चालनमा आएको छैन ।

ह्याकरहरुले आक्रमण गर्ने खतरा बढेपछि एटिएम सर्भर प्रोभाइडर संस्था नेप्सले शनिबार रातिदेखि आफ्ना सदस्य बैंकहरुको एटिएम सेवा बन्द गरेको थियो ।

गए राति राजधानीको दरबारमार्ग र ठमेलबाट पाँच जना चिनियाँ ह्याकरलाई प्रहरीले पक्राउ गरेको थियो ।

नविल बैंकको एटिएमबाट ह्याक गरेर रकम निकाल्दै गरेका चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका ५ चिनियाँहरुको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र करिब १० हजार अमेरिकी डलर बराबर विदेशी मुद्रा बरामद भएको थियो ।

यसैबीच एटिएम ह्याक भएको विषयमा राष्ट्र बैंकले विभिन्न बैंकहरुसँग छलफल गरेको छ । छलफलपछि अधिकांश बैंकको एटिएम चलेका छन् तर प्रभु बैंक र एनआइसी एसियाको भने एटिम सञ्चालनमा आएको छैन ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने कुनै पनि खाताबाट रकम नझिकिएको बताए । उनले सर्वसाधारणलाई आतंकित नहुन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  २ : ३६ बजे

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा टोटनहम हट्सपर पराजित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन्

लखनउमाथि शानदार जित निकाल्दै कोलकाता आईपिएलको शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा