एटीएमलाई यसरी सुरक्षित रुपमा प्रयोग गर्नुस् | Khabarhub Khabarhub

एटीएमलाई यसरी सुरक्षित रुपमा प्रयोग गर्नुस्


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिवारदेखि अधिकांश बैंकको एटीएम सेवा बन्द भएका छन् । चाड पर्व नजिकिँदा गएको बेलामा एटीएम सेवा बन्द भएपछि धेरै एटीएम प्रयोगकर्ताहरु हैरान भएका छन् ।

एटीएम नचलेपछि हैरान भएका कतिपय ग्राहकलाई किन एटीएम चलेन भन्ने लागेको होला । धेरैले यसबारे जानकारी नपाएको पनि हुन सक्छ ।

प्रहरीले शनिवार राति दरबारमार्ग र ठमेल क्षेत्रका एटीएमबाट पैसा चोरी गरिरहेका पाँच जना चिनियाँ ह्याकरलाई पक्राउ गरेको छ ।

नीहरुको साथबाट करिब १ करोड २७ लाख नेपाली रुपैयाँ र करिब १० हजार अमेरिकी डलर बरामद भएको थियो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाका अनुसार एनआईसी एसिया र प्रभु बैंकको एटीएम सर्भर डाउन भएको छ भने अन्य बैंकको एटीएममा पनि समस्या आएको छ ।

एटीएममा देखिएको समस्या समाधानको प्रयास भइरहेको निरौलाले बताए ।

नेप्समा आबद्ध भएका १५ बाणिज्य बैंकको एटीएम बन्द भएको स्रोतको दाबी छ । स्वीट्जरल्यान्डको नेप्स नामक सर्भिस प्रोभाइडरसँग नेपालका १५ बैंक आवद्ध रहेको बताइएको छ ।

यसअघि पनि नक्कली एटीएम कार्डको प्रयोग र पीन नम्बर प्रयोग गरी धेरै एटीएम प्रयोग कर्ताको रकम ह्याकरहरुले चोरी गरेको समाचार बाहिरिने गरेको थियो भने यस्तो कार्यमा संलग्न केहीलाई प्रहरीलेसमेत प्रकउ गरेको थियो ।

कसरी राख्ने सुरक्षित ?

पछिल्लो समय नेपालमा एटीएम प्रयोगकर्ताहरुको संख्या निकै बढेको छ ।

एटीएम कार्डको प्रयोग गर्नेले पहिला आफूले प्रयोग गर्ने एटीएम मेसिनमा राम्रो सँग हेर्नुपर्छ ।

कसैले नदेख्ने गरेर पिन कोड हान्नुपर्छ

पैसा आएपछि राम्रोसँग लगआउट नभएसम्म हिँड्नु हुँदैन ।

रकम आएको स्लिपसमेत त्यत्तिकै फ्याक्नु हुदैन, त्यसलाई च्यात्नुपर्छ ।

कार्डको पिन नम्बर ‘स्ट्रोङ’ खालको राख्नुपर्छ । आफूलाई सम्झन सहयोग हुन्छ भने जन्मदिन वा मोबाइल नम्बर, घर नंको प्रयोग नगर्नुहोस् ।
कार्डको पिन नं त्यसको कभरमा नलेख्नुहोस्, र मोबाइलमा पनि सेभ नगर्नुहोस् । यदी मोबाइल चोरी भयो भने त्यसको दुरुपयोग हुने खतरा रहन्छ ।

आफ्नो पिन नम्बर अरु कसैलाई पनि नदिनु होला ।

निकै भीडभाड या सुनसान क्षेत्रको एटीएम उपयोग गर्नबाट बच्नुहोस् ।

धेरै जसो बिग्रिरहने, ह्याङ हुने, नेटवर्क समस्यावाला एटीएमको प्रयोग नगर्नुहोस् ।

आफ्नो एकाउन्टलाई मोबाइल एलर्टमा राख्नुहोस् । जब तपाईको खाताबाट पैैसा निकालिन्छ तब तपाइको मोबाइलमा म्यासेज आउन सकोस् । यदी तपाईले एटीएम प्रयोग नगरेको बेलामा पनि म्यासेज आयो भने तत्काल बैंकमा सम्पर्क गुर्नहोस् ।

सकेसम्म जुन बैंकको कार्ड हो त्यही एटीएममा मात्र प्रयोग गर्नुहोस् ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ११ : ५० बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल