अंगारले छाला चम्किलो बनाउने घरेलु तरिका यस्तो | Khabarhub Khabarhub

अंगारले छाला चम्किलो बनाउने घरेलु तरिका यस्तो


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आगोको कोइला अर्थात् अंगार कालो हुन्छ भन्ने सवैलाई थाहा छ । तर, त्यही कालो अंगारभित्रको सेतो विशेषताबारे जो कोहीलाई थाहा नहुन सक्छ । दाँत चम्काउन मात्र होइन छाला चम्किलो बनाउन पनि अंगार विशेष मानिन्छ ।

यसको प्रयोग जापानबाट थालिएको बताइन्छ । जापानमा अंगारको प्रयोग सफा र चम्किलो छाला बनाउन, ब्युटी इन्ग्रेडियन्टका रुपमा प्रयोग गरिन्छ ।

अंगार दुई किसिमको हुन्छ । एउटा कच्चा जुन दाउरा बालेर बचेको कोइला हो । यसले छालालाई कालो र फोहोर बनाइदिन्छ । अर्को एक्टिभेटेड अंगार, जुन कार्बनको प्रशोधित रुप हो । यसको प्रयोग क्लिन्जर, फेस मास्क, स्क्रब तथा साबुनको रुपमा हुन्छ । छालाका कतिपय समस्या समाधान गर्न एक्टिभेटेडले मद्दत गर्छ ।

अनुहारमा ब्ल्याकहेडको समस्या छ भने यसको प्रयोग गरी ब्ल्याकहेड रिमुभल स्ट्रिप लिन सकिन्छ । यसले अनुहारको भित्रसम्म पुगेर ब्ल्याकहेडलाई जरैदेखि उन्मूलन गर्छ ।

यति मात्र होइन, राम्रो क्लिन्जिङ प्रोपर्टीका कारण चारकोल बेस्ड प्रोडक्टहरु पोतो तथा डन्डीफोर हटाउन पनि उपयोगी हुन्छन् । यसले छालालाई बाहिरबाट मात्र नभई भित्री छिद्रसम्म पुगेर सफा गर्ने हुँदा अनुहारको चमक बढाउँछ ।

हरेक राति अंगारको पेस्टले फेसवास गर्दा छाला भित्रैदेखि सफा र प्रदूषणमुक्त रहन्छ । टक्सिनजस्तै, मयल र तेलका लागि पनि यो निकै उपयोगी मानिन्छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ९ : ३५ बजे

पार्टी फुट्ने कुनै कारण थिएन, अशोक राईले सरप्राइज दिनुभयो : मनिष सुमन (अन्तर्वार्ता)

अशोक राईले आइतबार जनता समाजवादी पार्टी नेपाल फुटाएर नयाँ पार्टी

‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी’ 

पाटन – ललितपुर महानगरपालिकालगायत विभिन्न चार स्थानीय तहका प्रमुखहरूले विपद्

पूर्वी रफाहका मानवीय क्षेत्र तत्काल खाली गर्न इजराइलद्वारा सूचना जारी

काठमाडौं– देशका रक्षामन्त्रीको तीव्र कारबाहीको चेतावनीपछि इजराइली सेनाले पूर्वी रफाहका

मुस्ताङका च्याङ्ग्राको भुवा परीक्षण

म्याग्दी– मुस्ताङका कृषकले पालेका च्याङ्ग्राको भुवाको गुणस्तर परीक्षण गरिएको छ

जसपा विभाजन भएको छैन : प्रवक्ता सुमन

काठमाडौं– जसपा नेपालले दल विभाजनको अवस्था नरहेको बताएको छ ।