अदालतमा विचाराधिन मुद्दामा समाचार नलेख्न प्रधानन्याधीश जबराको आग्रह | Khabarhub Khabarhub

अदालतमा विचाराधिन मुद्दामा समाचार नलेख्न प्रधानन्याधीश जबराको आग्रह


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अदालतमा विचाराधिन मुद्दाको विषयमा समाचार सम्प्रेषण गर्दा न्याय सम्पादनमा असर पर्ने बताएका छन् ।

न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजनाबारे छलफल गर्न बिहीबार आयोजित अन्तरक्रिया कार्यक्रममा उनले चलिरहेको मुद्दामा समाचार लेखेर प्रश्न खडा गर्दा निष्पक्ष न्याय सम्पादनमा असर पर्ने बताएका हुन् ।

प्रधानन्यायाधीश राणाले भने, ‘विचारधीन मुद्दाको विषयलाई लिएर समाचार, कुनै विद्वानको लेख आउँछ । त्यो इजलासमा पनि आइपुग्छ, ती लेख र समाचारले न्याय सम्पादनमा कही न कही असर पर्छ ।’

न्यायालयले अक्षम्य हुने गरी काम गरेमा कहिले पनि सहयोग नगर्न उल्लेख गर्दै उनले न्यायालयलाई स्वतन्त्र र निष्पक्षरुपमा अगाडि बढाउन आग्रह गरे । प्रधानन्यायाधीश राणाले न्यायाधीश नियुक्ति गर्दा जुनजुन विचारबाट आएको भए पनि न्यायालयमा पसेपछि निष्पक्ष रुपमा न्यायसम्पादन हुने विश्वास व्यक्त गरे ।

संविधानले न्यायपालिका स्वतन्त्र, निष्पक्ष र सक्षम हुनुपर्ने परिकल्पना गरेको हुनाले सोहीअनुसार काम गर्न न्यायपालिका लागिरहेको र न्यायपालिकामाथि उठेका प्रश्नलाई पनि सम्बोधन हुने गरी काम गरिरहेको स्पष्ट पारे ।

न्यायाधीश हरिकृष्ण कार्कीले न्यायपालिकालाई स्वतन्त्रपूर्वक न्याय सम्पादन गर्न दिनुपर्ने उल्लेख गर्दै महाअभियोग लगाउन सकिने तर महाअभियोगको दुरुपयोग गर्न नहुनेमा धारणा राखे । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले अदालतको विचाराधीन मुद्दामा समाचार सम्प्रेषण नगर्न आग्रह गर्दै समाचार प्रकाशन हुँदा न्याय सम्पादनमा असर पर्ने बताए ।

सम्पादक युवराज घिमिरे, प्रतीक प्रधान, तीर्थ कोइराला, शिव गाउँले, प्रकाश रिमाल, डिल्ली आचार्य, सागर पण्डित, सुन्दर खनाललगायतले आम नागरिकको न्यायमा पहुँच हुनुपर्ने र सरल भाषामा छिटो न्याय दिनुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ७ : ३९ बजे

खबरहब ब्रिफिङ : उपचुनाव, लगानी सम्मेलन, प्रदूषण, अवहेलना, इन्टरनेट…

काठमाडौं – यो साता (बैशाख १५–२१) नेपालमा महत्वपूर्ण घटनाक्रम विकसित

आगलागीका कारण बझाङमा वायु प्रदूषण उच्च

बझाङ । बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि

आजका समाचार : प्रेस स्वतन्त्रता दिवसदेखि सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राखिनेसम्म

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री प्रधानमन्त्री

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

काठमाडौं–  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह