आज नेपाली क्रिकेटको लागि एतिहासिक दिन, सन्दीपले लेखे–हामी त्यो खुसी फेरि फर्काउँछौं | Khabarhub Khabarhub

आज नेपाली क्रिकेटको लागि एतिहासिक दिन, सन्दीपले लेखे–हामी त्यो खुसी फेरि फर्काउँछौं


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –गत वर्ष एकअदिवसीय अन्तर्राष्ट्रिय मान्यता (ओडिआई) पाएपछि नेपाली क्रिकेट टोलीले अगस्ट १ अर्थात आजको दिन ओडिआईमा डेब्यु गरेको थियो ।

नेदरल्यान्ड्सविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय शुरु गरेको नेपालले पहिलो खेलमा नेदरल्यान्डसँग ५५ रनको फराकिलो हार व्यहोरेको थियो ।

तर, दोस्रो खेलमा नेपाली टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र सोमपाल कामीको उत्कृष्ट प्रदर्शनमा नेपालले १ रनको रोमाञ्चक जित हात पारेको थियो । नेपालले खेलेको २ खेलको पहिलो एकदिवसीय शृङ्खलामा १–१ बराबरी गर्दै नेदल्यान्ड्सबाट स्वदेश फर्किएको थियो ।

त्यसयता नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) सँग एकदिवसीय शृङ्खला खेलेको थियो । उक्त शृङ्खला नेपालले २–१ ले जीतेको थियो ।

नेपाली टोलीका खेलाडी र प्रशंसकले आजको दिनलाई सम्झिएका छन् । आजको दिनलाई सम्झदै स्टार खेलाडी सन्दीप लामिछानेले सिंगापुरमा नेपाली टोलीले देखाएको प्रदर्शन क्षमताभन्दा कमजोर भएको स्वीकारेका छन् । उनले आगामी दिनमा अझै बलियो भएर नेपाली क्रिकेट माथि आउने विश्वास व्यक्त गरेका छन् ।

ग्लोबल टि–२० लिगका लागि क्यानडामा रहेका सन्दीपले बिहीबार ट्वीट गर्दै ओडिआईको पहिलो खेलको स्मरण गरेका हुन् । ‘हामी नतिजा हात पार्न असफल रह्यौं । हामी सबै खेलाडीले आफ्नो क्षमता अनुसार खेल्न नसकेकोमा जिम्मा लिन चाहान्छौं । त्यो नराम्रो सपना थियो,’ सन्दीपले ट्वीटरमा लेखेका छन्,‘हामी बलियो भएर फर्किने छौं । यो खुसीलाई फर्काउने गरि । आशा र विश्वास छ ।’

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  १२ : ३८ बजे

उपनिर्वाचनले एमालेको लोकप्रियता प्रमाणित गर्‍यो : प्रदीप ज्ञवाली

बैतडी– नेकपा एमालेका उप महासचिव तथा स्कुल विभाग प्रमुख प्रदिप

नेपालविरुद्ध वेस्ट इन्डिज ए का चार्ल्सको शतक

काठमाडौं- वेस्ट इन्डिज ए का जोन्सन चार्ल्सले शतक बनाएका छन्

अफगानिस्तानको मस्जिदमा आक्रमण, सुरक्षाको अपिल

काबुल– अफगानिस्तानको हेरात प्रान्तका मंगलबार मस्जिदमा भएको आक्रमणमा एक महिला

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत् खोज र खोप अभियान’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई

ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट 

ढोरपाटन– बागलुङको मध्य भागमा पर्छ गलकोट नगरपालिका । समथर भू-भागदेखि