उत्तर कोरियाले बनायो खान मिल्ने कपडा ! | Khabarhub Khabarhub

उत्तर कोरियाले बनायो खान मिल्ने कपडा !


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संसारमा विचित्रका समाचार सार्वजनिक हुने गरेका छन् । हालै उत्तर कोरियाको एउटा समाचारले चर्चा पाएको छ ।

आणविक परीक्षणको समाचारले चर्चा बटुल्ने उत्तर कोरियामा हालै शरीरमा लगाउनेसँगै भोक लाग्दा खान मिल्ने किसिमको कपडा निर्माण गरेको समाचारले चर्चा पाएको छ ।

जहाजमा यात्रा गर्ने, पर्वतारोही लगायतका अतिरिक्त क्रियाकलापमा रुचि भएकाहरुका लागि उत्तर कोरियाले नयाँ किसिमका विशेष कपडा सार्वजनिक गरेको हो । जसमध्ये कतिपय कपडा खानयोग्य रहेको बताइएको छ।

यसरी कठिन यात्रामा गएका बेला कोही पनि भोकै नमरुन् भन्ने उद्देश्यले यस्तो ज्याकेट उत्पादन गरिएको बताइएको छ । उत्तर कोरियास्थित खाद्य तथा दैनिक उपभोग्य वस्तुको मन्त्रालयसँगको सहकार्यमा किमको वस्त्र अनुसन्धान केन्द्रले यस्तो क्याटलग राखेको बताइएको छ ।

ती कपडामा प्रयोग भएका नक्कली फ्लानेलका फ्याब्रिकमा प्रोटिन, एमिनो एसिड, म्याग्नेसियम, फलको रस, आइरन, क्याल्सियम जस्ता खाद्य वस्तु मिलाइएको हुँदा यसले भोकमरीबाट बचाउन सक्ने बताइएको हो । यसरी सजिलै पानीमा घुल्न सक्ने भन्दै यी कपडाको प्रचार गरिएको छ ।

उत्तर कोरियाको अत्याधिक चिसो मौसमसँग लड्नकै लागि देशले बाक्लो ज्याकेटहरु बजारमा उपलब्ध गराइरहेको बताइएको छ । यसमा विभिन्न मोडलहरुले स्मार्टफोन र पुरुषका ब्यागहरु लिएर पोज गरेको प्रचार देख्न सकिने बताइएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ६ : ३७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र