५ करोडमा सभागृह निर्माण शुरु | Khabarhub Khabarhub

५ करोडमा सभागृह निर्माण शुरु


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको गढवा गाउँपालिकामा बहुउद्देश्यीय सभाहल निर्माणको काम शुरु भएको छ । प्रदेश नं ५ सरकारको बजेटबाट गढवा गाउँपालिका–५ को मगहरचोकमा सभाहल निर्माण हुन लागेको हो । उक्त सभाहलको आइतबार प्रदेश नं ५ का प्रदेशसभा सदस्य इन्द्रजित थारूले शिलान्यास गरे ।

प्रदेश नं ५ सरकारको रु चार करोड ८७ लाख ८९ हजार ५५९ लागतमा सभाहल निर्माण हुन लागेको गाउँपालिका अध्यक्ष सहजराम यादवले बताए । मगहर चोकमा अत्याधुनिक र सुविधासम्पन्न सभाहल निर्माण हुन लागेको हो । करीब ३८ कट्ठा जग्गामा उक्त सभाहल निर्माण हुन लागेको हो ।

अध्यक्ष यादवका अनुसार यस वर्ष प्रदेश सरकारको कूल रु ६० लाखको बजेटबाट काम शुरु गरिने छ । यसमा प्रदेश सरकारले क्रमागत रुपमा बजेट प्रदान गर्ने प्रदेशसभा सदस्य थारुले बताउनुभयो । उक्त सभाहल निर्माणको काम तीन वर्षभित्र पूरा हुनेछ । तीन तलाको भवन निर्माण हुने इञ्जिनीयर सूर्य रावतले बताउनुभयो ।

सभाहल निर्माण

दाङको बबई गाउँपालिकामा सभाहल निर्माणको काम पूरा भएको छ । प्रदेश नं ५ सरकारको रु ६० लाख लगानीमा उक्त सभाहल निर्माण भएको गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले बताए । उनका अनुसार गाउँपालिकाको वडा नं ५ मा ५०० क्षमताको उक्त सभाहल निर्माण भएको हो ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १० : ३५ बजे

काभ्रेका अग्निपीडितलाई आर्थिक सहयोग

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–४ सानोपोटा गाउँका अग्निपीडितलाई आर्थिक सहयोग गरिएको

संघीय संसदका तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक बस्दै छन् । आज

गोबरका ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी– अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप– गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री पनि बढेको छ

वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?

काठमाडौं उपत्यकामा वायु प्रदूषणको असर नराम्रो अवस्थामा पुगेको छ। गर्मी