शाहिद कपूरका यी ७ फिल्म, जुन रिलिज नै हुन पाएनन् | Khabarhub Khabarhub

शाहिद कपूरका यी ७ फिल्म, जुन रिलिज नै हुन पाएनन्


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता शाहिद कपूरको फिल्म ‘कबीर सिंह’ लाई दर्शकले खुबै मन पराइरहेका छन् । फिल्मले अहिलेसम्म १६७ करोड कलेक्सन गरिसकेको छ । फिल्मको कहानी र अभिनयलाई लिएर खुबै तारिफ भएको छ । शाहिदको करिअरको कुरा गर्ने हो भने उनले १६ वर्ष पहिले बलिउडमा पाइला चालेका थिए ।

बलिउडमा पनि कतिपटक यस्तो हुन्छ, जुन फिल्म बन्ने भनेर कलाकारसँग साइन पनि हुन्छ तर फिल्म रिलिज नै हुँदैनन् ।

शाहिद कपूरसँग पनि यस्तै भएको थियो । शाहिद कपूरका यस्ता ७ फिल्म रिलिज नै हुन पाएनन् ।

सन् २०१० मा साबिर खानले हीर रांझा नामक फिल्म बनाउने भनेर दीपिका पादुकोण र शाहिद कपूरलाई लिएका थिए । तर यो फिल्म बनेन ।

यस्तै यहाँ के हम सिकन्दर नामक फिल्म पनि बन्ने भनिएको थियो । यो फिल्ममा शाहिद कपूरसँगै जोन अब्राहमले पनि अभिनय गर्ने भनिएको थियो । फिल्मलाई अहमद खानले निर्देशन गर्ने भनिएको थियो । तर पछि यो फिल्म पनि डब्बा बन्यो ।

यस्तै एके भीएस डीएस, कहीँ तो मिलेगी, चारुलता लगायतका फिल्म निर्माण गर्ने भनिएको थियो । तर, यी कुनै पनि फिल्म बनेनन् । बीचमा शाहिदले प्रियदर्शनसँग एक कमेडी जनराको फिल्ममा काम गर्ने भनिएको थियो । पछि त्यो फिल्म निर्माणको पनि चर्चा सेलायो ।

यति मात्र होइन, निर्देशक सुनील दर्शकले सन् २००४ मा एक फिल्म बनाउनेबारे सोचेका थिए । उक्त फिल्ममा शाहिद कपूर र करीना कपूरको मुख्य भूमिका रहने भनिएको थियो । तर, यो फिल्म हलसम्म आएन ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १ : ०० बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको