यी बलिउड अभिनेता थिए अनन्या पाण्डेका पहिलो क्रस | Khabarhub Khabarhub

यी बलिउड अभिनेता थिए अनन्या पाण्डेका पहिलो क्रस


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – चंकी पाण्डेकी छोरी अनन्या पाण्डेले ‘स्टुडेन्ट अफ द इयर २’ मार्फत बलिउडमा डेब्यु गरिन् । उनी पछिल्लो समय दोस्रो फिल्मको छायांकनमा व्यस्त छिन् । यसका अलावा उनी एक अन्तराष्ट्रिय ब्राण्डको प्रचार पनि गरिरहेकी छिन् ।

हालै अनन्याले एक कार्यक्रममा आफ्नो पहिलो क्रसका बारेमा बताइन् । कार्यक्रममा अनन्यालाई सोधियो कि, तपाईंको पहिलो क्रस को थियो ?

यसको जवाफ दिँदै अनन्याले भनिन् – ऋतिक रोशन ।

अनन्याका अनुसार, जब उनी २ वर्षकी थिइन् । त्यतिबेला उनले ऋतिकलाई एक बर्थ डे पार्टीमा देखेकी थिइन् । त्यतिबेला नै ऋतिकप्रति उनी आकर्षणमा परेकी थिइन् ।

अनन्याले आइडियल व्यक्तिका रुपमा भने वरुण धवनलाई लिएको बताइन् । वरुणको क्युटनेस आफूलाई मन पर्ने पनि उनले खुलासा गरिन् ।

अनन्यालाई के प्रेममा परेर दिल टुटेको थियो ? भनेर पनि सोधिएको थियो । यसमा उनले आफ्नो दिल नटुटेको तर अरुको दिल तोडेको बताइन् । उनले आफ्ना कैयन् फ्यान भएको र कतिले त बाइकमा पिछा गर्ने समेत गरेको बताइन् ।

उनले एक फ्यान स्मरण गर्दै भनिन्, ‘एक युवक मेरो घरमुनि झण्डै एकसय वटा चकलेट बोकेर पुगेका थिए, मलाई चकलेट एकदमै मन पर्छ ।’

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ११ : ३५ बजे

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन

८५ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङमा ८५ लाख रुपैयाँको लगानीमा वडा

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार– ताराखोला

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित