असार १५ का रमाइला फोटा- टाउकोदेखि छातीमा समेत रोपाइँ ! | Khabarhub Khabarhub

असार १५ का रमाइला फोटा- टाउकोदेखि छातीमा समेत रोपाइँ !


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार मुलुकभर धान दिवस मनाइँयो । धान दिवसमा अवसरमा मन्त्री, नेता, मेयर उपमेयरदेखि कलाकारहरु धान रोपाइँमा सरिक भए । उनीहरुका तस्वीर सामाजिक सञ्जालमा छरपस्ट छन् ।

 

त्यो भन्दा अनौठो धान रोपाइ फेसबुकमा अहिले भाइरल भएको छ । त्यो हो– केटीको छातीमा र केटाको टाउकोमा गरिएको धान रोपाइ । यो रोपाइले सवैको ध्यान खिचेको पनि छ । चर्चासँगै आलोचना पनि उत्तिकै छ ।


यता, ललितपुरका सांसद नवराज सिलवालले हातमा पन्जा र खुट्टामा टलक्क टल्किने जुत्ता लगाएर गरेको धान रोपाईको पनि छुट्टै चर्चा छ ।

यस्तै, पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि गृहजिल्ला गोरखामा धान रोपाइँ गरे । गोरखामा गोरु जोत्दै गरेको अवस्थामा भेटिएका डा.  भट्टराई पनि धान दिवसमा भाइरल बने । हात हलो समातेर शिरमा छत्रे टोपी लगाएका बाबुरामको धान रोपाइ पनि कसैको भन्दा कम रहेन ।

यता, चितवन नगरपालिकाकी मेयर तथा प्रचण्ड पुत्री रेणु दाहालले चितवनमा गरेका धान रोपाइले पनि विशेष चर्चा पायो । बाजागाजासहित उनी धान रोपाइमा सरिक भएकी थिइन् ।


त्यसो त हरेक वर्ष धान रोपाइमा अनेक किसिमका चर्चा चल्ने गरेका छन् । कहिले मन्त्रीले खेतमै महिलालाई गर्लम्म अंगालो मारेको विषय त कहिले गमलामा धान रोपेको विषयले चर्चा पाएको थियो ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ८ : २० बजे

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव