अब केकी अधिकारीको बिहे हुनसक्छ: दीपकराज गिरी | Khabarhub Khabarhub

अब केकी अधिकारीको बिहे हुनसक्छ: दीपकराज गिरी


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्रको व्यापारका हिसाबले सफल अभिनेतामा पर्छन् दीपकराज गिरी । पछिल्लो समय गिरीले अभिनय गरेका फिल्म व्यावसायिक हिसाबले सफल भएका छन् । हालै मात्र उनको टिमले रोहित अधिकारीसँग मिलेर फिल्म ‘छ माया छपक्कै’ निर्माण गर्न लागेको छ ।

शुरुवातका फिल्ममा एउटै नायिका दोहोरिएपछि नायिका दाेहोर्‍याएको आरोप खेपेका दीपकले  पछिल्लो समय भने हरेक फिल्ममा नयाँ नायिका लिने गरेका छन् ।

मंगलवार नायिका पूजा शर्माको जन्मदिन सेलिब्रेसनमा भेटिएका गिरीले पहिले आफूलाई नायिका दोहोर्‍‍याएको भनेर आरोप आएको र अहिले नायिका फेरेपछि धेरै नायिका फेरेको भन्ने आरोप खेपेको बताए । जन्मदिनको भेटघाटमा उनले आफूसँग जोडी भएर अभिनय गरेका नायिकाहरुको छिटै बिहे भएकाले अब केकी अधिकारीको पनि बिहे हुन सक्ने भन्दै रमाइलो गरे ।

‘मसँग बिहे जोडी भएर फिल्म खेलेकाको त बिहे हुन्छ, अब केकीको पनि हुनसक्छ,’ दीपकले ठट्टा गर्दै पूजा शर्मालाई भने ‘तिम्रो पनि बिहे छिटो होस् भन्ने चाहन्छौ भने मसँग फिल्म खेल ।’

पछिल्लो समय नायिका पूजा शर्मा फिल्म ‘सम्हालिन्छ कहिले मन’ को काममा व्यस्त छिन् । यता दीपकराज गिरी ‘छ माया छपक्कै’ छायांकनको तयारीमा छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  १२ : १५ बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन